स्रोत नखुलेको रकमसहित खानेपानी संस्थान बुटवलका प्रमुख पक्राउ


यमलाल भुसाल, बुटवल ।

नेपाल खानेपानी संस्थान बुटवलका कार्यालय प्रमुख सन्तोष साहलाई स्रोत नखुलेको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।

इन्जिनियर साहलाई धादिङको धुनिबेंसी नगरपालिका–८ खानीखोलामा आइतबार आयोग केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । उहाँको साथबाट स्रोत नखुलेको २ लाख ३३ हजार पाँच सय रुपैयाँ नगद र बैंकमा रकम जम्मा गरेको ८ लाख २२ हजार रुपैयाँको भौचर बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रिय कार्यालय टंगालका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिनु भयो ।

विभिन्न व्यक्तिहरुसँग घुस रकम लिएर काठमाडौंतर्फ जादै गरेको सूचनाका आधारमा साह पक्राउ परेका हुन् । खानेपानी संस्थान बुटवलको लु १ ञ ९५ नम्बरको गाडीमा सवार रहेका बेला पक्राउ परेका शाहमाथि थप अनुसन्धान सुरु गरिएको अख्तियारको केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।