कोरोना संक्रमणका कारण मेडिसिटी अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु



न्युज अफ नेपाल, काठमाडौं ।

मेडिसिटी अस्पतालमा उपचाररत एक वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

किर्तिपुर ट्याङ्लाफाँटका ६४ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि गत साउन १५ गते अस्पताल भर्ना भएको उनमा कोरोना पोजिटिभ देखिएको थियो ।

ती वृद्ध निमोनिया र पुरानो मुधमेहको बिरामी समेत रहेको चिकित्सकले जनाएका छन् । हाल अस्पतालमै रहेको मृतकको शव सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरिरहेको गेलालले जनाए ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्