आज मन्त्रिपरिषदको बैठक बस्दै, लकडाउनबारे छलफल हुने


न्युज अफ नेपाल, काठमाडौं ।

आज बेलुका ५ बजे मन्त्रिपरिषदको बैठकबस्ने भएको छ ।आज बस्ने बैठकमा कोरोना नियन्त्रण सम्बन्धी महत्वपूर्ण निर्णय हुनसक्ने जनाइएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि भदौ १ गतेबाट खोल्ने भनिएको हवाई उडान र लामो दुरीका सार्वजनिक यातायातबारे समेत निर्णय हुने स्रोतले जनाएको छ ।

यस अघि बसेको बैठकमा विज्ञले दिएको सुझाव अनुसार लकडाउनबारे निर्णय हुनसक्ने बताइएको छ ।त्यस्तै भदौ १ बाट विद्यालय भर्ना कार्यक्रम पनि एक महिना पछि सार्ने बारेमा छलफल भएकाले त्यसबारे समेत आजको मन्त्रिपरिषद् बैठकले निर्णय गर्ने छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।