भारतमा एकै दिन कोरोनाले हजार बढीको ज्यान जान्छ



न्युज अफ नेपाल, नयाँदिल्ली ।
कोरोना भाइरसका कारण भारतमा पछिल्लो पटक एकैदिन एक हजार बढी मानिसको कोरोनाबाट मृत्यु भएको छ। त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बितेका २४ घण्टामा एक हजार ७ जना मानिसको कोरोनाबाट मृत्यु भएको जनाएको छ।

यस्तै सोही अवधिमा ६२ हजार ६४ जना नयाँ संक्रमित थपिएका छन्। यसैगरी संक्रमित संख्या २२ लाख १५ हजार ७५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्