अमेरिका र मेक्सिकोबिच अत्याधुनिक सुरुंग भेटियो



न्युयोर्क,(एजेन्सी)
अमेरिकी आप्रवास तथा भंसार नियमन अधिकारीहरुले अमेरिका र मेक्सिको सिमानामा तश्करीका लागि प्रयोग गर्ने हिसाबले बनाइउको अत्याधुनिक एवं लामो सुरुंग फेला परेका छन् ।

अमेरिकी इतिहासमै यो सबैभन्दा व्यवस्थित ढंगले बनाइएको अवैध सुरुंग भएको बताइएको छ । गत जुलाईमा पनि सिमा रक्षकहरुले निर्माणाधिन एउटा सुरुंगको अनुसन्धान गर्दै जाने क्रममा सिमा पर्खालबिच एउटा सिन्कहोल फेला पारेका थिए ।

सोही सिन्कहोल नजिक ड्रिल गर्दै लानेक्रममा जमिनको सतह भन्दा पचिस फिट मुनि सो सुरु.ग भेटिएको हो । तर यो सुरुंगको निर्माण कार्य पूरा भइनसकेको एचएसआइ फिनिक्सका स्पेशल एजेन्ट प्रमुख स्कट ब्राउनले बताएका छन् ।

लागु औषध र हातहतियार लगाय अवैध वस्त्ुहरु मेक्सिकोबाट अमेरिका तर्फ ल्यानका लागि अपाराधिक समुहहरुले साँगठनिक रुपमै यसको निर्माण भइरहेको विश्वास अमेरिकी सुरक्षाकर्मिहरुले लिएका छन् । राम्रो रोजगार र अवसरको खोजिमा वर्षेनी हजारौ संख्यामा मेिक्सकोका आप्रवासीहरु अमेरिका प्रवेश गर्ने गर्दछन् ।

यस्तो कार्य रोक्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र अमेरिका बिचको सिमा क्षेत्रमा अग्लो पर्खाल निर्माण गर्ने चुनावी नारा नै बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्