विश्वकै सबैभन्दा अग्लो जिराफ



सिडनी,(एजेन्सी)

अष्ट्रेलिया चिडियाखानाको भाले जिराफ विश्वकै सबैभन्दा अग्लो भएको गिनिज वल्र्ड रेकर्डले घोषणा गरेको छ । त्यसको उचाई अठार फिट आठ इन्च रहेको छ ।

क्विन्सल्यान्डको बिरवाह स्थित चिडियाखानाका मालिक बिन्डी इर्विनले सामाजिक संजाल मार्फत गिनिजले फरेस्ट नामक ति जिराफ औपचारिक रुपमै विश्वकै सबैभन्दा अग्लो भएको पुष्टि गरेको सार्वजनिक गरेका छन् ।

इर्विनले आफ्नो फेसबुक पोस्टमा फरेस्टले आफुहरु सबैलाई गौरान्वित बनाएको पनि उल्लेख गरेका छन् ।
यस चिडियाखानाको जिराफ प्जनन कार्यक्रमका एक सहभागिको रुपमा रहेका फरेस्टले १२ वटा बछेडा जन्माइसकेको छ । साथ ैअर्को एक बछेडो निकट भविष्यमा जन्मँदै छ ।

प्रतिक्रिया दिनुहोस्