फ्रिजमा काटिएको टाउको !



लसएन्जेल्स,(एजेन्सी)

अमेरिकी प्रहरीले सानफ्रान्सिस्को एउटा अपार्टमेन्टमा छापा मार्ने क्रममा रेफ्रिजेरेटर भित्र एउटा काटिएको टाउको फेला पारेका छन् । सर्च वारेन्ट देखाएरै गरिएको सो सुरक्षा कारवाहिमा भेटिएको सो टाउको र गत १० अप्रिल देखि हराइरेका सोही क्षेत्रमा बस्ने क्याटोनो पेरेज नामक व्यक्तिबिच सम्बन्ध हुनुपर्ने प्रहरीको अनुमान छ ।

पेरेजका साथीहरले उनी हराएकोमा चिन्ता व्यक्त गरेका छन् भने पेरेजका परिवारले उनको खोजिका लागि निजी अनुसन्धानकर्तालाई जिम्मेवारी दिएको छ ।

प्रहरीले टाउको बाहेकको शरिरको अन्य भाग भेटाउन सकेको छैन । पेरेजको खोजि गर्ने क्रममा प्रहरीले त्यो घरमा सर्च गरेको थियो ।

पेरेजको हेरचाह गर्दै आएका डेविड चार्वोनिउले उनी निकै इमान्दार , दयालु र मृदुभाषि भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्