महिन्दा राजपाक्षेद्वारा चौथो पटक श्रीलंकाको प्रधानमन्त्रीमा सपथ



कोलोम्बो (एजेन्सी) ।

महिन्दा राजपाक्षे चौथो पटक श्रीलंकाका प्रधानमन्त्री बनेका छन् । आइतबार राजधानी कोलम्बोको ऐतिहासिक राजामहा विचार्या बौद्ध मन्दिरमा ७४ बर्षियर महिन्दाले सपथ ग्रहण गरेको हो । महिन्दालाई सपथ उनका तीन बर्षले कान्छो भाई तथा राष्ट्रपति गोताबाया राजपाक्षेले दिलाएको हो ।

महिन्दा आफै पनि विगतमा श्रीलंकाका राष्ट्रपति भइसकेका छन् । सपथपछि राष्ट्रपति गोताबायाले आफ्ना प्रधानमन्त्री दाजुको चरण स्पर्श पनि गरे र अंकमाल गरे । श्रीलंकामा अगस्ट ५ मा संसदिय चुनाव भएको थियो । राजपाक्षेको एसएलपीपीले २ सय २५ सिटमा १ सय ४५ सिट जिटेको थियो । उनीहरुको सहयोगी पार्टीहरुले पाँच सिट जिटेका छन् ।

गत बर्ष नोभेम्बरले राष्ट्रपति चुनावमा गोताबाया अत्यधिक बहुमत हासिल गरी जितेका थिए । अब संसदिय चुनावमा पनि उनलाई भारी बहुमत प्राप्त गरेकोछ । उनको पार्टीले चुनाव अघि यदि दुई तिहाई बहुमत प्राप्त भएमा संविधानमा २० औं संशोधन गरी राष्ट्रपतिको अधिकार बढाउने बताएका थिए । महिंदाले यस चुनावमा आफनो सिटमा ५ लाख भन्दा धेरै मतले जित हासिल गरेको हो । यो श्रीलंकाका चुनावी इतिहासमा कुनै पनि उम्मेदवारले हासिल गरेको सबैभन्दा ठूलो जित हो ।

श्रीलंकाको चुनाव परिणाम र राजपाक्षे ब्रदर्सको पार्टी एसएलपीपीको जितलाई लिएर खुशी ब्यक्त गरेको छ । चीनका विदेश मन्त्रायलले शनिबार एक विज्ञप्ती जारी गरेको छ, हामी श्रीलंकाको चुनावी नतिजाबाट अत्यन्त खुशी छौं । दुबै देशको सम्बन्धमा नयाँ विस्तार दिने प्रयास गर्नेछ ।

राजपाक्षे दाजुभाईको झुकाव भारत भन्दा बढी चीन प्रति रहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्