तेस्रो पटक दुर्लभ अनमोल रत्न प्राप्त



डोडोमा (एजेन्सी)
अफ्रिकी देश तान्जानियामा सानो लगानीको खानी उत्खननको काम गर्ने सानीनियु लाइजरले तेस्रो पटक विश्वका अनमोल रत्न हात पारेका छन् । उक्त दुर्लभ रत्न टान्जानाइटको वजन करिब १४ पाउन्ड छ । अन्तराष्ट्रिय बजारमा यसको कुल मुल्य करिब २० लाख डलर पर्छ ।

यसअघि यसबबर्ष जुन महिना पनि सानिनियुलाई ९ केजी र ५ केजीको टान्जानाइट प्राप्त भइसकेको छ । ती रत्न प्राप्त भएपछि सानिनियु करोडपति बनेका छन् । यसलाई तान्जानिया सरकारले ३४ लाख डलरमा किनेको थियो । अब तेस्रो पटक सानिनियुको भाग्यले उनलाई साथ दिएको छ र करि २० लाख डलरको नया टान्जानाइट प्राप्त भएको छ ।

टान्जानाइट गाढा निलो, बैजनी र कहिले काँही हरियो रंगको हुन्छ । यो रत्न हिराको तुलनामा १० गुणा बढी दुर्लभ हुन्छ । यो खनिजको प्रयोग आभुषण बनाउन प्रयोग गरिन्छ । सानिनियु यी दुर्लभ रत्न बढी पैसाका लागि तस्करी पनि गर्न सक्थे तर उनले सरकारलाई बेच्ने निर्णय गरेको छ । यसले उनको देशलाई पनि यसबाट मद्दत हुन्छ भन्ने उनको धारणा छ ।

टान्जानाइट उत्तरी तान्जानियामा पाइन्छ । सरकारले ती रत्नको संरक्षण गर्ने तान्जानियाको खानी मन्त्री डोटो बाइटले बताए । ती रत्न प्राप्त भएपछि अब लाइजर स्थानिय मुद्राका हिसाबले अर्बपति बनेका छन् ।
लाइजरले एक टेलिभिजन साक्षात्कारमा आफनो समुदायका लागि एक सपिंग मल र एक स्कुल खोल्ने योजना बनाइरहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्