ट्रम्पको रिसोर्टमा राइफल सहित तीन युवाको प्रवेश



वासिंगटन (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडा स्थित रिसोर्टमा अर्धस्वचालित एके ४७ राइफल सहित तीन युवा प्रवेस गरेको जनाइएको छ । राइफल लोडेड भएको र प्रहरीले उनीहरुलाई गिरफ्तार गरिएको बताइएको छ ।
मार ए लेगो नाम गरेको ट्रम्पको यो आलिशान रिसोर्ट फोर्ट लोडेरडेलमा रहेको छ । मार ए लेगोमा घुसपैठ भएको पहिलो पटक भने होइन । ट्रम्प राष्ट्रपति बनेपछि ४ पटक यो रिसोर्टको सुरक्षामा यस प्रकारको कमजोरी देखिसकेको छ । दुई पटक त चीनका नागरिक गिरफ्तार गरिसकेको छ ।
प्रहरीबाट बच्ने प्रयासमा ती तीन युवाले मार ए लेगो रिसोर्टको पर्खाल नाघेर बगैंचा सम्म पुगेको हो । केही समयपछि प्रहरीले उनीहरुलाई गिरफ्तार गरिएको हो । ती मध्य एक युवकसँग ब्याग थियो जसमा अर्धस्वचालित एके ४७ राइफल र १४ राउन्ड म्यागजिन बरामद भएको पामबीच प्रहरी प्रवाक्ताले जानकारी दिए । उनले भने , ती केटाहरुलाई यो रिसोर्ट राष्ट्रपतिको हो भन्ने कुरा थाहा छैन भन्ने हामीलाई लाग्यो । ट्रम्प र उनका परिवार यहाँ नभएको राम्रो भयो ।
रिसोर्ट प्रवेश गर्नु अघि नै प्रहरीले उनीहरुको गाडीलाई पछ्याएको थियो । प्रहरी नजिक पुगेपछि गाडी चालकले गति बढाएको थियो । गाडी मार ए लेगो नजिक पुगेपछि तीन युवक गाडीबाट ओर्लेर रिसोर्ट तर्फ भागे । त्यसपछि उनीहरु पर्खाल नाघेर बगैँचा सम्म पुगेका थिए । हेलिकप्टर र स्निफर डगका मद्दतले उनीहरुलाई खोजिएको र पक्राउ गरिएको प्रहरीले बताए । उनीहरुले राइफल किनेका नभएर चोरी गरेका थिए ।
राष्ट्रपति ट्रम्पको भब्य आलिशान मार ए लेगो क्लब तथा रिसोर्ट २० एकड जमिनमा फैलिएको छ । यसमा १ सय २८ आलिशान कोठा, हल र डाइनिंग कोठा छन् । सन् १९२७ मा यसको पहिलो भवन तयार भएको थियो । यसको वरपरको इलाकालाई पामबीच नामले चिनिन्छ र यसको नजिकै आन्ध्र महासागर छ ।

प्रतिक्रिया दिनुहोस्