बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना, पीसीआर परीक्षणका लागि स्वाब परीक्षण



काठमाडौं । बलिउड अभिनेता संजय दत्त अस्पतालमा भर्ना भएका छन् । अक्सिजन लेभल कम भएर उनी छट्पटाएपछि  लीलावती अस्पतालको नन कोभिड वार्डको आइसीयूमा राखिएको छ ।

 ६१ वर्षीय दत्तको पीसीआर परीक्षणका लागि स्वाब परीक्षण गरिएको छ । नतिजा आइसकेको छैन । तर , उनको शनिबार गरिएको कोरोना भाइरसको परीक्षण एन्टिजिन टेष्टमा नतिजा नेगेटिभ आएको थियो ।

उनले ट्वीटरमार्फत आफ्नो स्वास्थ्यबारे लेखेका छन्, ‘म एकदम ठीक छु । फिलहाल मेडिकल अब्जरभेशनमा छु । मेरो कोभिड–१९ रिपोर्ट नेगेटिभ आएको छ । लिलावती अस्पतालका डाक्टर, नर्स र स्टाफको मद्धतबाट एक या दुई दिनमा घर फर्किने छु ।’

समाचार एजेन्सी एएनआईका अनुसार अस्पतालले पनि दत्तको स्वास्थ्य ठीक रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्