फैसला कार्यान्वयनमा प्रगति

0
Shares

सीताराम अधिकारी,धादिङ ।

जिल्ला अदालत धादिङले फैसला कार्यान्वयन लक्ष भन्दा बढी गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा बिगो भराउने ५९ मुद्दा रहेकोमा ३४ थान मुद्दा फस्र्यौट भएको छ । चलन चलाउने ७ ओटा मुद्दा रहेकोमा ५ ओटा, वण्डा छुट्याउने४१ ओटा मुद्दामा ३१ ओटा, क्षतिपूर्ति भराउने ३ ओटा मुद्दामा २ ओटा र मानाचामल भराउने १२ ओटा मुद्दामा १० ओटा मुद्दाको फैसला कार्यान्वयन गरिएको जिल्ला अदालतका तहसिलदार हरिप्रसाद अधिकारीले बताउनु भएको छ ।

अदालतको सैद्धान्तिक पाटो मुद्दा फैसला हो भने व्यवहारिक पाटो फैसला कार्यान्वयन भएकोले यसलाई कायान्वयन गर्न कठिन भएको अधिकारीको भनाइ छ । जिल्ला अदालत फैसला कायान्वयनका लागिल१ सय २२ मुद्दा रहेकोमा ८२ मुद्दाफस्र्यौैट रहेको छ । यस वर्षका लागि ४० मुद्दा मात्र जिम्मेवारी सरेर आएको छ ।

यसैगरि जिल्ला अदालतले गरेको फैसला अनुसार गतवर्षको अन्त्यसम्म १ हजार ८ सय २० वर्ष १३ दिन कैद गर्नुपर्ने देखिएकोमा वर्षको अन्त्यमा ८ सय ९१ वर्ष, ५ महिना ४ दिन को कैद गरिएको छ छ भने ११ करोड ७० लाख ७९ हजार १८ रुपैयाँ जरिवाना असुल गर्नुपर्नेमा आर्थिक वर्ष २०७६/७७को अन्त्यमा ६ करोड ५० लाख ८ हजार ५ सय ४२ रुपैयाँ जरिवना असुल गरिएको जिल्ला अदालतले जनाएको छ । जिल्ला अदालतमा ५० वर्ष भन्दा पहिलेका २ थान मुद्दा, २५ वर्ष पहिलेका १८ थान मुद्दाअझै फैसला कार्यान्वयन हुनबाँकी रहेको छ ।