हातमा रिवल्वर र वियर बोकी हिंड्ने पक्राउ



वासिंगटन,(एजेन्सी)
अमेरिकाको फ्लोरिडा निवासी एक पुरुषलाई सडकमा एक हातमा मदिराको बोटल बोक्दै र अर्को हातले रिवल्वर हल्लाउँदै स्थानिय जनतामा सन्त्रास फैलाउदै हिंडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । हिल्सवोरोको प्रहरी विभागले टाम्पादेखि करिव ३० माइल दक्षिण पूर्वमा पर्ने विमाउमा सडकमा दौडिरहेका सवारी साधनहरुमाथि एकजना पुरुषले रिवल्वरले निशाना साध्दै गरेको खवर प्राप्त हुना साथ कारवाही थालिएको बताएको छ ।

प्रहरी घटनास्थलमा पुग्दा इरिक रिकार्डो फेल्डर नामक ६६ वर्षीय ति व्यक्ति एउटा हातमा लिइएको गोली भरिएको प्वाइन्ट ३८ स्मिथ एन्ड वेस्सन रिवल्वर जथाभावी हल्लाउँदै र र अर्को हातमा ब्ल्युमून वियर बोक्दै हिंडिरहेको अवस्थामा फेला पारिएको थियो ।

प्रहरीले मात्तिएका व्यक्तिले सार्वजनिक स्थिानमा लोड गरिएको रिवल्वर बोकेर हिंड्दा जुनसुकै अप्रिय घटनाको संभावना रहेको तर उनलाइृ समयमै नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । उनलाई सन्त्रास फैलाएको र बेहोशीको हालतमा खतरनाक हतियार बोकी हिंडेको जस्त थुप्रै अभियोग लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्