प्रतिमाहरुमा समलिंगी र तेश्रोलिंगीका झण्डा गाडिए



वार्सा,(एजेन्सी)
पोल्यान्डको राजधानी वार्साका विभिन्न स्थानमा रहेका प्रतिमाहरुमा महिला तथा पूरुष समलिंगी एवं तेश्रोलिंगी ( एलजिबिटि ) को हक हितको आवाज उठाउने समुहको स्प्तरंगी झण्डा गाड्दै हिंड्ने तीन व्यक्तिलाइ पक्राउ गरि प्रहरीले अपराध मुद्धा दायर गरेका छन् । पाोलिस प्हरीले तिनीहरु विरुद्ध प्रतिमाहरुमा क्षति र धार्मिक भावनमा ठेस पु¥याएको अभियोग लगाएका छन् ।
राष्ट्रपति एन्ड्रेज डुडाको एलजिबिटि विरोधी नीतहरुको विपक्षमा प्दर्शनरत अभियन्ताहरुले जिसस क्राइस्ट , खगोलशास्त्री कोपरनिकस र वर्सा मर्मेड लगायतका प्रतिमाहरुमा झण्डा गाडेका थिए । तिनीहरुले उपहासको प्रतिक स्वरुप ति प्रतिमाका मुहारमा गुलावी रंगको मास्क पनि लगाइदिएका छन् ।
प्रधानमन्त्री मेटस्ज मोराविएकीले ति प्रतिमाहरु लखौ पोलिस जनताका आस्थाका प्रतिक भएको भन्दै अभियन्ताहरुको यस कार्यके भत्सर्ना गरेका छन् । तर अभियनताहरुले भने सफाईमा आफुहरुले सरकारको पूर्वाग्रहयुक्त भेदभावको मात्र विरोध गरिरहेको बताएका छन् ।
सरकारी वकिलहरु यस घटनालाई अदालतमा लम्ब्याउने वा त्यसै छोड्ने विषयमा अन्यौल मनस्थितीमा रहेका छन् । पोलयान्डमा धार्मिक आस्थामा चोट पु¥याउनेलाई आथिक दण्ड वा अधिकतम दुई वर्ष लामो कारावास संजायको प्रावधान रहेको छ ।
विहिवार नै सत्तारुढ नेसनलिस्ट ल एन्ड जस्टिस पार्टीको गठबन्धनको नेतृत्वमा रहेका राष्ट्रपति डुडाले आफ्नो दोश्रो कार्यकालका लागि शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्