कोरोना मुक्त भएका ९० प्रतिशत मानिसको फोक्सोमा समस्या



एजेन्सी ।

कोरोना संक्रमण मुक्त भएका आधिकांस मानिसको फोक्सोमा समस्या देखिएको छ ।

चीनको उहान शहरका कोरोना मुक्त ९० प्रतिशत मानिसको फोक्सो क्षति भएको रिपोर्ट सार्वजनिक भएको छ । वुहान विश्वविद्यालयको एक टोलीले अप्रिल महिदेखि झोङ्गनान अस्पतालका १०० जना बिरामीमाथि निरिक्षण गरिरहेका छ ।

एक बर्षको कार्यक्रमको पहिलो चरण जुलाईमा समाप्त भयो। पहिलो चरणको नतीजामा बिरामीको फोक्सो अझै क्षतिग्रस्त अवस्थामा रहेको देखिएको छ । जसको मतलब उनीहरूको फोक्सोको भेन्टिलेसन र ग्यास विनिमय कार्य स्वस्थ व्यक्तिहरूको स्तरमा सुधार भएको छैन।

अस्पतालको सघन इकाईका निर्देशक, पेन्ग झियोङ नेतृत्वको टोलीले बिरामीहरूसँग छ मिनेट पैदल परीक्षण गरेको थियो । जसमा बिरामी उक्त समयमा केवल ४ सय मिटर मात्र हिड्न सक्ने खुलेको थियो । यस अवधिमा स्वस्थ मानिस ५ सय मिटर हिड्न सक्छ ।

यसको मतलब बिरामी मानिसहरु पूर्ण रुपमा सन्चो हुन अझै केही समय लाग्ने देखिएको पेन्गले बताए ।

प्रतिक्रिया दिनुहोस्