आर्थिक अभावले ब्लड क्यान्सर पीडित बालकको उपचारमा समस्या



बासुदेव शर्मा,जाजरकोट

जाजरकोटका एक बालकलाई आर्थिक अभावका कारण ब्लड क्यान्सरको उपचारमा समस्या भएको छ । भेरी नगरपालिका १३ कुदुका २० महिनाका बालक युनिक रोकायलाई ब्लड क्यान्सर भएको हो । गत माघ देखि विरामी भएका बालकको कान्ति बाल अस्पताल काठमाण्डौमा महंगो खर्चमा उपचार भईरहेको छ । उनी काठमाण्डौस्थित कान्ति बाल अस्पातालको बेडमा ब्लड क्यान्सर रोगसंग लडिरहेका छन् ।

गत माघमा छोरा युनिक एक्कासी बिरामी भएपछि पश्चिम रुकुमको चौरजहारी अस्पतालमा उपचार गराएका थिए । केहि दिन बिरामीलाई अस्पतालमै राख्न डाक्टरले सल्लाह दिएपछि करिव एक हप्ता अस्पतालमै राखेर उपचार गरे तररोग पत्ता लाग्न नसकेपछि नेपालगंज अस्पतालमा लिनआग्रह गरेका थियो ।

छोराको रोग जसरी भएपनि पत्ता लगाएर सन्चो गर्छु भनी कोहलपुर स्थित मेडिकल कलेजमा उपचारको लागी ल्याए केहि समय राखेर उपचार गरे त्यहाँ पनि उपचार सम्भव नभएपछि कोहलपुर अस्पतालले काठमाण्डौ लिन अनुरोध गरयो । २० महिनाको बिरामीबालकलाई लिएर काडमाण्डौ जादाँ आमापनि जानु पर्ने अवस्था भएकोले आफनो ज्याला मजदुरी गरेको केहि पैसा र छिमेकबाट कर्जा निकालेर करिव ९ लाख रुपैया जुटाएर काठमाण्डौको टिचिङ अस्पतालमा उपचार गर्न ल्यायौकेहि समय उपचार गराउदाँ टिचिङ अस्पतालमा रोग पत्ता लाग्नसकेन । छोरालाई रोग मुक्त गरेर घर लिन्छु भन्दै कान्ति बाल अस्पतालमा भर्ना गरे ।

कान्ति बाल अस्पताल काठमाण्डौमा केहि दिन उपचार गराउदाँ युनिकलाई ब्लड क्यान्सर भएको रिपोर्ट आयो । डाक्टरले बच्चालाई ब्लड क्यान्सर भएको रिपोर्ट दियो मन छागाबाट खसे जस्तै भयो, मनै थाम्ना सकिन कसरी उपचार खर्च जुटाउने भएको पैसा सवै सकियो २० महिनाको बालकलाई कसरी जटिल रोग लाग्यो भन्ने चिन्ताले सताउन थाल्यो बुवा योगेशले भन्नु भयो ।कसरी औषधि उपचार खर्च जुटाउने आफुसग भएको पैसा सकियो मोटो रकम कसरी जुटाउने भन्ने चिन्ता लाग्यो बुवा योगेशले भन्नु भयो ।

तिन वटा अस्पताल लिदाँ लिदै करिव ९ लाख जति खर्च भई सक्यो आफुसग पैसा छैन दिने मान्छे पनि कोहि छैन कसरी उपचार गरौ छोराको जिवन रक्षाको लागी दाताहरुलाई अनुरोध गर्ने बाहेक अन्य विकल्प आफुसग नभएको वताउनु भयो ।

एक दिनमा उपचार गरेको २० हजार देखि २५ हजार खर्च हुन्छ, तिन जनाले खाना खाएको तिर्ने रुपैयाँ पनि छैन उपचारमा लागेको खर्च कसरी तिर्ने हो घरमा कमाउने कोहि छैन प्रश्स्त जग्गा जमिन पनि छैन खेतवारीबाट उत्पादन भएको खाद्यन्नले ६ महिना पनि खाना पुग्दैन छोरालाई यति ठुलो रोग लाग्यो उपचार खर्च कसरी जुटाउने हो । बुवा योगेशले भन्नु भयो ।

पुर्णरुपले सन्चो गर्दा सम्म अस्पतालले २५ लाख देखि ३० लाख लाग्ने अनुमान गरेको छ । बच्चालाई अन्य रोगले आक्रमण गरे थप शुल्क लाग्ने अस्पतालले जनाएको छ । यति मोटो रकम आफुसग नभएकोले छोराको जिवन रक्षाको लागी सवैमा अनुरोध गरेको बुवा योगेशले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्