पाकिस्तानको नक्साबारे भारतको प्रतिक्रिया



नयाँदिल्ली,(एजेन्सी)

भारतिय विदेश मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ कुटनीतिज्ञ अनुराग श्रीवास्तवले पाकिस्तानका प्रधानमन्त्री इमरान खानद्वारा सार्वजनिक गरिएको भनिएको पाकिस्तानको तथाकथित नयाँ नक्शाबारे भारत सररकारले एक औपचारिक विज्ञप्ति जारी गरिएको जानकारी दिएका छन् ।
त्यस विज्ञप्तिमा भारतिय गुजरात राज्यको भूभाग र जममु तथा काश्मिरि र लद्धाखका सैयुक्त भूभाग माथि गरिएको पाकिस्तानको कमजोर दावीलाई मूर्खतापूर्ण राजनीतिक अभ्यासको संज्ञा दिइएको छ ।

साथै घृणित घोषणाको कानुनी वैधानिकता र अन्ततराष्ट्रिय विश्वसनियता पनि नरहेको जिकिर सो विज्ञपितमा गरिएको छ । यस नयाँ प्रयासले वास्तवमा अन्तरसिमा आतंकवादले उचालेको भूभाग सम्बन्धी बढाइ चढाइसंग जाडिएको पाकिस्तानको पागलपना उजागर भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्