हिरोसिमा र नागासाकीको जस्तो विस्फोट : बेरुत मेयर

ट्रम्पले भने, खतरनाक हमला



बेरुत (एजेन्सी)

लेबनानको राजधानी बेरुतमा मंगलबार राती भएको विस्फोटमा अहिलेसम्म मर्ने १ यस पुगेको छ । ४ हजार भन्दा बढी घाइते भएका छन् । ती मध्य ६०जनाको स्थिति अत्यन्तै गम्भिर भएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त विस्फोटलाई भयानक हमलाको संज्ञा दिएको छ । उनले भने – यो अत्यन्तै खतरनाक प्रकृतिको हमला भएको देखिन्छ । हामी यस कठिन घडिमा लेबनान सरकारसँगै उभेका छौं । जाँचमा हामी मद्दत गर्न चाहन्छौं ।

उक्त भयानक विस्फोटका कारण २ सय ४० किलोमिटर टाढासम्मको जमिन कम्पन भएको महसुस गरिएको थियो । विस्फोटपछिका बाहिर आएका तस्विरमा उक्त इलाका कुनै युद्ध पछिको जस्तो देखिन्थ्यो । चारैतिर विध्वंस र बारुदको गन्ध थियो ।बेरुतका गभर्नर मारवन अबोद क्यामरामा रुँदै बोलेका थिए , जापानको हिरोसिमा नागासाकीमा जस्तो भएको थियो , मलाई त्यस्तै महसुस भयो । जीन्दगीमा यति ठुलो विध्वंश कहिल्यै देखेको छैन ।

विस्फोटपछि लेबनानमा रक्षा परिषदको बैठक भएको थियो । बैठकमा राष्ट्रपति पनि सहभागी भएका थिए । बैठकपछि सरकारका प्रवक्ताले भने – एक वेयर हाउसमा २ हजार ७ सय ५० टन अमोनिया नाइट्रेट ६ बर्ष देखि राखिएको थियो भन्ने कुरालाई कसरी स्विकार्न सक्छ । कसैले पनि सावधानी तथा सुरक्षाका कदम सम्म उठाएनन् ।

देशमा दुई हप्ताका लागि संकटकाल लागु गरिएको छ ।विस्फोटपछि चारैतीर अँध्यारो छाएको थियो । विजुली आपुर्ती बन्द भएकोले राहत तथा उद्धारकर्मीहरु सर्च लाइट लिएर जीवित बचेकाहरुको खोजी गर्नमा जुटेका थिए ।

लेबनानका गृहमन्त्रीले बन्दरगाहमा भारी मात्रामा अमोनियम नाइट्रेट भएको जानकारी दिँदै यति धेरै परिमाणमा बन्दरगाहमा उक्त विस्फोटक पदार्थ किन थुप्रिएर बसेको हो भन्ने विषयमा कस्टम अधिकारीहरुलाई सोधपुछ गर्नु पर्ने बताए । यसबीच लेबनानका एक सन्चार माध्यमले कस्टमका निर्देशकलाई उदृत गर्दै करिब एक टन नाइट्रेट विस्फोट भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्