फिलिपिन्समा पुन: कडा लकडाउन



मनिला,(एजेन्सी)

चिकित्सकहरुले हालै तिब्र गतिमा बढ्दै गइरहेको नयाँ कोरोना भाइरस संक्रमणको कारण मुलुकको स्वास्थ स्याहार प्रणाली नै धराशायी हुनसक्ने भनी दिएको चेतावनीपछि फिलिपिन्सका दसौं लाख जनताले पुन कडा लकडाउन सामना गर्नुपरेको छ । राजधानी मनिला लगायत नजिकैको लुजोन टापुका चारवटा प्रान्तका वासिन्दालाई दुई साता सम्म घरबाट ननिस्कन निर्देशन दिइएको छ ।

गत जुदेखि मात्र फिलिपिन्समा कडा लकडाउन हटाइएको थियो । अहिले संक्रमणमा एक्कासी पाँच गुण वद्धि हुन थालेपछि अस्पतालहरुमा ठुलो चाप बढेको छ । संक्रमितको कूल संख्या एक लाख नाघिसकेको छ । अब तिनीहरु अत्यावश्यक दैनिकि उपभोग्य सामान किन र व्यायामका लागि बाहेक अरु अवस्थामा घरबाट निस्कन नपाउने भएको छ ।

त्यसका लागि पनि निश्त व्यक्ति र जान पाउने दूरी तोकिएको छ । सार्वजनिक यातयात र आन्तरिक उडानहरु बन्द गरिएको छ । रेस्टुरेन्टबाट पनि टेकअवे सेवा मात्र सिमित गरिएको छ । शनिवार असीवटा मेडिकल एशोसियसनले भाइरस संक्रमण नियन्त्रणका लागि कडा लकडाउन कार्यान्वयन गर्न राष्ट्रपति रोड्रिगो डुटेर्टे समक्ष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्