प्रचण्ड–नेपाल गलाउने ओलीको नयाँ तुरुप



न्युज अफ नेपाल, काठमाडौं ।

सत्तारुढ नेकपाभित्र डेड महिनादेखि जारी आन्तरिक किचलो अझै समाधान हुन सकेको छैन् । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पटक–पटक छलफल भएपनि सहमतिको खाका अझै फेला परेको छैन् ।ओली र प्रचण्डबीच रातदिन वार्ता पनि आफ्नै अडान कायमै राख्दा अविश्वास थप चुलिएको छ ।

डेढ महिनाको कसरतपछि सचिवालयमा निर्णायक मानिएका उपाध्यक्ष वामदेव गौतमलाई आफ्नो पक्षमा ल्याउन सफल भएका प्रधानमन्त्री ओलीले आफ्नो अडानलाई झन दृढताको साथ अगाडि सारेका छन् ।

गौतमले सहमतिको छ बुँदे प्रस्ताव पार्टीभित्र अगाडि सारेपनि प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष अल्पमतमा परेका छन् । सचिवालयमा रामबहादुर थापाले समेत पछिल्लो समयमा ओलीलाई साथ दिएपछि अब स्थायी समिति बैठकबाट भन्दा पनि अध्यक्ष ओली सचिवालयबाटै समाधान खोज्ने अडानमा रहेका छन् ।

अर्का अध्यक्ष प्रचण्डले पदको लागि भन्दा पनि विधि अनुसार पार्टी चलाउनु पर्ने भन्दै जारी विवाद समाधान स्थायी समिति बैठकबाटै गर्नुपर्ने अडान राखेका छन् । केही समय अल्मतमा परेर तनाबमा परेका ओलीलाई गौतम र थापाले साथ दिएपछि भने थप शक्तिशाली बनेका छन् । ओलीले प्रचण्ड र नेपाल पक्षलाई गलाउनको लागि स्थायी समिति बैठक स्थगित गरेर सचिवालयबाटै समाधान खोज्नु पर्ने नयाँ तुरुप अगाडि सारेका छन् ।

प्रतिक्रिया दिनुहोस्