इजिप्टका पिरामिड एलियनले बनाएको हो : एलोन मस्क



वासिंगटन (एजेन्सी) ।

टेस्ला, स्पेस एक्स जस्ता कम्पनीका मालिक, ब्यवसायी तथा आफनो ठट्यौलीपाराका लागि चर्चित एलोन मस्कको एक ट्विट फेरी चर्चामा रहेको छ ।

अन्तरिक्षमा आफनो अन्यरिक्ष यान पठाइसकेका मस्कले ट्विटमा इजिप्टका पिरामिड एलियन्सले बनाएको उल्लेख गरेको छ । उनको यो ट्विटपछि मस्कलाई अब यी पिरामिड हेर्न र यसका बारेमा जान्नका लागि इजिप्टबाट निमन्त्रणा आएको छ ।

मस्कको ट्विटको जवाफमा इजिप्टकी अन्तराष्ट्रिय कोपरेसन मिनिस्टर रनिया अल मसहतले पिरामिड बनाउनेहरुको चिहान देखेपछि यसलाई एलियन्सले बनाएको होइन भन्ने प्रमाण प्राप्त हुने उल्लेख गरेकी छन् । मस्कको ट्विटलाई फलो गर्ने रनियाले मस्कको कामको सराहना गरेकी छन् र मस्कलाई इजिप्ट आउन र पिरामिड अवलोकन गर्न अपिल पनि गरेकी छन् ।

मस्कले पिरामिड एलियन्सले बनाएको ट्विट गरेका थिए । मस्कले उक्त कुरा ठट्टामा गरेको हुन सक्छ किनभने त्यसपछि उनले विकिपिडियाको लिंक सेयर गरेका थिए जसमा ग्रेट पिरामिड ३ हजार ८ बर्ष पहिला बनाइएको तथ्य उल्लेख छ । एक अर्को ट्विटमा उनले पिरामिड कसरी बनाइएको थियो भन्ने बारेमा पनि सेयर गरेका थिए ।

पिरामिडको निर्माण एलियन्सले गरेको भन्ने धारणा दिन मस्क पहिलो ब्यक्ती होइन । पिरामिडलाई लिएर अत्यन्त चर्चित सिद्धान्त मध्य यो मानवले नभएर एलियन्सले बनाएको हो भन्ने छ । यसको कुनै प्रमाण भने छैन र यो एक कन्सिपेरेन्सी थ्योरी हो । सन् १९९० मा जुन पिरामिडको खोज गरिएको थियो त्यसलाई इजिप्सियालीले नै बनाएको थियो भन्ने प्रमाणित गरेको विज्ञहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्