नोवल पुरुस्कार विजयी हयुमको निधन



लन्डन,(एजेन्सी) ।

शान्तिका लागि विशेष प्रसिद्ध नोवल पुरुस्कार विजयी तथा नर्दन आयरल्यान्डका प्रभाबशाली राजनीतिक नेता जोह्न हयुमको ८३ वर्षको उमेरमा सोमवार निधन भएको छ । उनको बिहान सवेरै लन्डनडेर्री स्थित ओएन मोर नर्सिंग होममा नधन भएके उनको पारिवारिक सुत्रले पुष्टि गरेको छ ।

उनी विगत तीस वर्ष भन्दा लामो समयदेखि नर्दन आयरल्यान्डको अत्यन्तै सम्मानित नतोहरुमध्ये एक रहँदै आएका थिए । उनले तयहाँको राजनीतिक समस्या समाधानका लागि अहम भुमिका नभाएका थिए ।

उनी सन् १९७० मा स्थापना भएको सोशियल डेमाक्रेटिक एन्ड लेवर पार्टी ( एसडिएलपि ) का संस्थापक सदस्य रहेका थिए ।
उनले सन् १९७९ देखि २००१ के नोभेम्वर सम्म यस पार्टीको नेतृत्व गरेका थिए । ह्युमले अहम भुमिका निभाएको शान्ति वार्ताले सन् १९९८ मा गुड फ्राइडे सम्झौताको रुप लिन सफल भएको थियो ।

सो सम्झौतामा हस्ताक्षर हुँदा वेलायतका प्रधानमन्त्री रहेका टोनी ब्लेयरले ह्युमको निधन प्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ह्युम र तत्कालिन युल्स्टर युनियनिस्ट पार्टीका नेता डेविड ट्रम्वललाई संयुक्त रुपमा सन् १९९८ मा नोवल शान्ति पुरुस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्