अष्ट्रेलियामा पुन: लकडाउन लागु



सिडनी,(एजेन्सी)

अष्ट्रेलियाको भिक्टेरिया राज्यले त्यहाँ कोरोना भाइरस संक्रमणको विगविगी बढ्न थालेपछि आइतवार आपतकाल घोषणा गर्दै पुन नयाँ लकडाउनका नियम लागु गरेको छ । भिक्टोरियाका सरकार प्रमुख डानियल एन्ड्रुजले आइतवार साँझ छ बजेदेखि लकडाउन कार्यान्वयन हुने जानकारी दिएका छन् ।

यस नयाँ नियम अनुसार राज्यको राजधानी मेलवर्नमा राति कफ्र्यु लाग्ने बताइएको छ । स्थानिय वासिन्दालाई घर भित्रै बस्न र अत्यावशयक अवस्थामा बाहेक बाहिरै नजान निर्देशन दिइउको छ । यस नयाँ नियम अनुसार स्थानिय वासिन्दा आफ्ना घर देखि ५ किमि भन्दा पर जान पाइने छैनन् , व्यायाम दिनको एकचोटि मात्र गर्न पाइने छ तथा प्रत्येक घरबाट एकजना मात्र सामान किन्न एक पटक घर बाहिर जान पाइने छ ।

शुरुमै कोभिड भाइरस विरुद्ध अष्ट्रेलियाली सरकारले समयमै सावधानीका उपायहरु अपनाएकाले संक्रमण नियन्त्रित अवास्थामा रहेको मानिएको छ । अहिले सम्म करिव सत्र हजार सक्रमित फेला परेका छन् भने दुई सय जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्