अमेरिकास्थित आतंकवादी संगठनका नेता गिरफ्तार गरिएको इरानको दावी



तेहरान (एजेन्सी) ।

अमेरिकासँज जारी तनावकाबीच इरानले अमेरिका स्थित एक आतंकवादी संगठन प्रमुखलाई गिरफ्तार गरेको दावी गरेको छ । पक्राउ परेका ब्यक्ती सन् २००८ मा सिराज शहर स्थित एक मस्जिदमा भएको विस्फोटको आरापी भएको इरानले जनाएको छ । उक्त विस्फोटमा १४ जनाको मृत्यु भएको थियो भने २ सय भन्दा धेरै घाइते भएका थिए ।

इरानको सरकारी टेलिभिजनले एक गुप्तचर विवागलाई उदृत गर्दै उसले किंगडम असेम्बली अफ इरानका प्रमुख जमसेद शर्महादलाई गिरफ्तार गरेको जनाएको छ । उनको नेतृत्वमा इरान भित्र कयौं शसस्त्र विद्रोह र तोडफोडका कयौं घटना भएको इरानी टेलिभिजनले जनाएको छ ।

अमेरिका स्थित उक्त आतंकवादी संगठनका प्रमुखलाई कहाँबाट गिरफ्तार गरिएको हो भन्ने विषयमा इरानले जानकारी दिएको छैन ।
इरानले जमसेद शर्महादको गिरफ्तारीमा टेलिभिजनबाट सन् २००८ मा शिराज शहरको एक मस्जिदमा भएको विस्फोटका आरोपी भएको प्रसारित गरिएको थियो । इरानले सन् २००९ मा उक्त विस्फोटमा दोषी तीन जनलाई फाँसी दिइएको थियो । उनीहरुको राजशाही समुहसँग सम्बन्ध रहेको बताइएको थियो । इरानले सन् २०१० मा उक्त समुहका अन्य दुई दोषी सदस्यलाई पनि फाँसी दिइयो । उनीहरुले विस्फोटक पदार्थ हासिल गर्न र अधिकारीहरुको हत्या गर्ने योजना स्विकारेका थिए ।

इरानले एक विज्ञप्ती जारी गर्दै उक्त संगठनले देशमा कयौं आतंककारी घटना घटाएको जुन विफल भएको उल्लेख गरेको छ । यसमा शिराजमा एक बाँध उडाउन, तेहरान पुस्तक मेलामा साइनाइड बमको प्रयोग र सन् २०१० मा इरानका संस्थापक अयातुल्ला रुल्लाह खोमेनीको आवासमा एक विस्फोटक लगाउने योजना बनाएका उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्