स्यानिटाइजर सेवनबाट दस जनाको मृत्यु



नयाँदिल्ली, (एजेन्सी) ।

भारतिय आन्ध्रा प्रदेश राज्यमा शुक्रवार अल्कोहल मिश्रित स्यानिटाइजर सेवनको कारण कम्तिमा दसजना मानिसको ज्यान गएको छ । सो राज्यको कुरिचेदु गाउँमा लकडाउनको कारण रक्सी पसल बन्द भएकाले तिनीहरुले स्यानिटाइजर सेवन गरेका थिए ।

स्थानिय स्तरमा कोरोना भाइरस संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि सरकारले त्यस गाउँमा लकडाउन लागु गरेको थियो । जिल्ला प्रहरी प्रमख सिद्धार्थ कौशलले ति पिडितहरुले पानी र हल्का पेय पदार्थसंग स्यानिटाइजर मिसाएर पिएको जानकारी दिएका छन् ।

नराम्ररी रक्सीको कूलतमा फसेका तिनीहरुले करिव दस दिन अघि देखि नियमित रुपमा त्यसरी स्यानिटाइजर सेवन गर्दै आइरहेका थिए । प्रहरीले अनुसन्धानको क्रममा रसायनिक विश्लेषणका लागि स्यानिटाइजरको नमुना प्रयोगशालामा पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्