मित्रता होस त यस्तो



वासिंगटन ।

अमेरिकाको विस्कोनिस्न निवासी एक पुरुषले अठाई वर्ष अघि आफ्नो साथीलाई दिएको वचन पूरा गर्ने क्रममा आफुले पावरवल ज्याकपटमा जिेतको दुइृ करोड विस लाख डलरको आधा भाग ति अनन्य साथीलाई दिएका छन् ।

थोमस कुक नामक ति व्यक्तिले मेनोमोनीको सिनर्जी कूपबाट किनेको पावरवल टिकटमा आफुले त्यति ठूलो धनराषि पुरुस्कार परेको थाहा पाउने वित्तिकै आफुले आफ्नो साथी जोसेफ फिनीसंग सन् १९९२ मा गरेको एउटा सम्झौता समझेको विस्कोन्सिन लटरीका अधिकारीहरुलाई जानकारी गराएका छन् ।

कुकले त्यतिवेला तिनीहरु मध्ये जो कोहिले पनि जिवनमा कहिल्यै पावरवल ज्याकपट जितेको खण्डमा आधा आधा बाँड्ने सहमति भएको बताएका छन् । संघिय र राज्य कर काटिएपछि दुवैका हातमा जनही ५७ लाख डलर परेको छ । आफ्ना नोकरीबाट अवकाश प्राप्त गरिसकेका ति दुवैले अब त्यो पैसाले परिवारसंग मज्जाले समय बिताउन सहयोग पुर्‍याउने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्