मुम्बईको झुपड बस्तीमा फैलियो कोेरोना संक्रमण



एजेन्सी ।

भारतको मुम्बईमा रहेको सबैभन्दा ठूलो झुपड बस्ती धाराबीमा कोेरोना संक्रमण फैलिएको छ ।

त्यहाँ बस्ने आधाभन्दा बढी मानिसमा कोरोना संक्रमण भइसकेको एक अध्ययनले देखाएको छ । सरकारी थिंकट्यांक नीति आयोग र द टाटा फण्डामेन्टल रिसर्चले मुम्बईको तीन क्षेत्रको झुपड बस्तीमा कोरोना संक्रमणबारे सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा सात हजार मानिसमा सहभागी भएका थिए ।

सहभागीमध्ये मुम्बईको चेम्बुर, मटुङ्गा र दहिसार क्षेत्रको झुपड बस्तीका ५७ प्रतिशत मानिसमा एन्टीबडी पोजेटिभ देखिएको छ । यस्तै, झुपड बस्तीभन्दा बाहिरका १६ प्रतिशत मानिसमा मात्र एन्टीबडी पोजेटिभ देखिएको सर्वेक्षणले जनाएको छ । यही सर्वेक्षणको आभारमा आधाभन्दा बढी मानिस संक्रमित भइसकेको दाबी गरिएको छ ।

अध्ययनमा सहभागी गराइएको शहरको पश्चिम, पूर्वी र मध्यभागका तीन क्षेत्रमा करिब १५ लाख मानिसको बसोबास छ भने समग्र झुपडबस्तीमा करिव एक करोड २५ लाख मानिस बस्छन् ।

प्रतिक्रिया दिनुहोस्