एपीले ल्याए वीर गोर्खाली



गायक एपी शेर्पाले नयाँ राष्ट्रिय गीत वीर गोर्खाली म्युजिक भिडियोसहित आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन्।
उनको वीर गोर्खालीमा ख्यातिप्राप्त गायक तथा संगीतकार दीप श्रेष्ठको संगीत र गीतकार टेक तामाङको शब्द रचना रहेको छ। गीतको भिडियोमा गायक शेर्पासँगै प्रशान्त तामाङ, सिम्रन श्रेष्ठ, सन्ध्या तुम्बाहाम्फे, देवान राई, देछेन शेर्पा, याङछिन् शेर्पालगायतका कलाकारले अभिनय गरेका छन्। गीतको भिडियोमा गायक दीप श्रेष्ठलाई पनि देख्न सकिन्छ। भिडियोको निर्देशन पनि गायक शेर्पाले नै गरेका छन्। सम्पादन सूर्य लामाको र छायांकन भूपेन्द्र तुम्बाहाङ्फेको रहेको छ।
‘कोरोना भाइरसको महामारीले देश लकडाउनमै रहेका बेला भारतले नेपालको सीमा मिचेको विषय बहसमा आयो। त्यसपछि नेपालले नयाँ नक्सासमेत सार्वजनिक ग¥यो। देशको सीमा मिचिएको यही समयमा यही परिवेशमा एउटा देशभक्ति गीत तयार गर्ने इच्छा जागेपछि लकडाउनका बेला गृहनगर धरानमै रहेका गायक दीप श्रेष्ठलाई संगीत गर्न अनुरोध गरियो र गीत तयार भयो।’ –गायक एपी शेर्पाले भने।

प्रतिक्रिया दिनुहोस्