आयो यसपालिको तीज



नेपाली हिन्दू नारीको महान् चाड हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम झन्झनै बढिरहको छ।
यसै क्रममा निशान भट्टराई र शान्ता खत्रीको स्वर रहेको तीज गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। डीपी खनालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ। यसपालिको तीज बोलको गीतमा शाहज शाक्यको संगीत संयोजन रहेको छ। दुर्गेश थापा र सुष्मा कार्की फिचर्ड गीतको म्युजिक भिडियो अशोक विकले निर्देशन गरेका छन्। वीरेन्द्र भट्टले छायांकन गरेको भिडियोलाई रविन विकले सम्पादन तथा विकास ज्ञवालीले कलर करेक्सन गरेका छन्। भिडियो गोर्खा चौतारी म्युजिकको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस्