ढिलो उपचारको कारण सात शिशु मृत



हरारे,(एजेन्सी)

कर्मचारी व्यवस्थापनमा भएको ढिलाईको कारण तत्काल उपचार सेवा पु¥याउन नसकेकाले जिम्वावेको हरारे अस्पतालमा सातजना मृत शिशुको जन्म भएको दुईजना डाक्टरले विविसि समक्ष पुष्टि गरेका छन् । कोरोना भााइरस महामारीको खतराको वावजुद पनि पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट ( पिपिइ ) अभाव लगायतका अन्य मागहरु समेत पूरा नभएको भन्दै नर्सहरु अहिले राष्ट्रव्यापि हडतालमा रहेका छन् । जसको कारण प्रसुती वार्ड नराम्ररी प्रभावित भएको छ ।

एकजना डाक्टरहरुले यसरी उपचारको अभावमा शिशुको अकाल मृत्यु हुनु अत्यन्तै अमानविय र असंवेदनशिल घटना भएको बताएक छन् । जिम्वावेको स्वास्थ क्षेत्र केहि समय अघिको कोभिड १९ सम्बन्धी सामान खरिद घोटालाबाट पनि प्रभावित भएके थियो ।

नक्कली मुल्यमा ति सामानहरु खरिद गर्नका लागि लाखौं अमेरिकी डलर उपलब्ध गराएको अभयोगमा स्वास्थ मन्त्रीलाई वर्खास्त गरिएको थियो । सोमवार ढिलो गरी आठजना गर्भवती महिलाको सिजरिन सेक्सन शल्यक्रिया गरिँदा सातजनाबाट मृत शिशु जन्मिएको हो ।

प्रतिक्रिया दिनुहोस्