अधबैशे आइमाइ उपन्यास लोकार्पण



कठमाडौ । बिमला हुामगाइद्धारा लिखित अधबैशे आइमाइ नामक उपन्यास बुधबार एक सामारोहकाबीच लोकार्पण भएको छ । बिष्णुमाया इण्टरनेशनल एकेडेमीद्धारा प्रकाशित एवं बरिष्ठ पत्रकार एब घोष्टराइटिङ्क नेपालका सम्पादक टंक पन्तद्धारा सपादित अधबैशे आइमाइ उपन्यासमा समाजमा हुने गरेका बिभेद र महिला प्रति हुर्ने दुष्टिकोण झल्किएको छ ।

घोष्टराइटिङ नेपालका अध्यक्ष कमल ढकालको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक आर्थिक , सास्कृतिक , राजनीतिक , धार्मिक रुपमा समाजमा हुने बिभेद र प्रबत्तिका बारेमा अधबैशे आइमाइ उपन्यासमा यथार्थपरक ढंगले उल्लेख गरिएको छ ।बिबाहपुर्ब महिला र पुरुषबीच हुने सबन्धमा महिलालाई हेर्ने सोचाई र पुरुषलाई हेर्ने दृष्टिकोणमा निकै फरक रहेको र पुरुषलाई सामान्य रुपमा र महिलालाई असामान्य रुपमा हुर्ने गरिएको छ भने बिबाह गरेको दुइतीन बर्ष सम्म बच्चा नभएमा महिलालाई दोष दिने प्रचलन रहेको कुरा पनि उपन्यासले चित्रण गरेको छ ।

उपन्यासका प्रमुख पात्र कल्पना र प्रकाश रहेका छन । प्रकाश एमबीबीस चिकित्सक हुन तर कल्पना र प्रकाशबाट तीन बर्ष सम्म बच्चा नभएको कारण कल्पनालाई द्धरमा निकै तनाब हुन थाल्यो तर प्रकाशले कल्पनाको पक्षमा बोल्न सकेनन र अन्तिममा डिभोर्स नै गर्ने स्थिति भयो । बास्तबमा बच्चा नभएको कल्पनाको कारणले नभइ प्रकाशको कारणले भएको डिभोर्स गर्ने दिन स्वय प्रकाशले भनेका छन ।

उपन्यास आफैमा नेपाली समाजमा हुने यथार्थ घटनामा आधारित । लेखक बिमला हुमागाइले उपन्यासको अन्तिममा भनेकिी छन ,यो उपन्यास लेख्ने क्रममा म आफु पात्रहरुसंगै उनीहरुसंगै जीबनकथामा डुबेकी थिए । तसर्थ यो उपन्यास मैले आफनै अनुभब बताए जस्तो पनि पाठकहरुलाई लाग्न सक्ला त्यो पनि असत्य होइन ।

महिला पात्रलाई प्रमुख पात्रका रुपमा राखिएका कारण र म आफै पनि एक महिला भएको कारण पुस्तक मेरै कथा हो भन्दा फरक पर्देैन ।
चक्रबर्तीहबी एजुकेशन एकेडेमीका अध्यक्ष देबेन्द्रबहादुर भण्डारी , सम्पादक बरिष्ठ पत्रकार टंक पन्त , घोष्टराइटिङका अध्यक्ष कमल ढकाल , लेखक बिमला हुमागाई , पत्रकार शुभेच्छा बिन्दु , पत्रकार दीपु पोख्रेलले उपन्यासका बारेका प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्