बलिउड अभिनेत्री कुमकुम रहिनन्



बलिउड अभिनेत्री कुमकुमको ८८ वर्षको उमेरमा निधन भएको छ। ५० देखि ६० को दशकमा चर्चित कुमकुमले मिस्टर एक्स इनबम्बे, मदर इन्डिया, सन अफ इडिया, कोहिनुर, उजाला जस्ता फिल्ममा अभिनय गरेर प्रशंसा कमाएकी थिइन्।

उनी कत्थक नृत्यको प्रशिक्षक समेत रहेकी थिइन् भने धेरै फिल्ममा शास्त्रीय नृत्य गरेकी थिइन्। फिल्म कोहिनुरमा समावेश मधुवनमे राधिका नाचे रे बोलको गीतमा गरेको नृत्यमार्फत उनले धेरै दर्शकलाई मन्त्रमुग्ध बनाएकी थिइन्।

विवाह अघि ठूला फिल्ममा अभिनय गरेर नाम कमाए पनि विवाहपछि फिल्मी करिअर छोडेर पतिका साथ साउदी अरब गएकी कुमकुम केहीवर्ष अघि भारतको मुम्बई फर्किएर बसोबास गरिरहेकी थिइन्। आफ्नो करिअरमा लगभग १सय ५५ फिल्ममा काम गरेकी कुमकुमले भोजपुरी फिल्ममा समेत काम गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्