पूनमले गरिन् इन्गेजमेन्ट



बलिउडकी विवादित अभिनेत्री एवम मोडल पुनम पाण्डेले आफ्नो प्रेमी सामबम्बेका साथ ईगेजमेन्ट गरेकी छिन्। लामो समयदेखी प्रेममा रहेकाउनीहरुले विवाहको निर्णय गरेसँगै उनीहरुको चर्चा चलिरहेको छ।

उसामले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा ईगेजमेन्टको औठी लगाएको पुनमसँगको फोटो शेयर गर्दै लेखेका छन् ‘अन्ततःहामीले यो ग¥र्यौ।’ उनको पोष्टमा पुनमले लभ रीयाक्ट गरेकी छिन्। बेलाबेलामा विभिन्न काण्ड र हर्कतका कारण चर्चामा आईरहने अभिनेत्रीपुनमको यो फोटो पनि भाईरल भईरहेको छ।

पुनमले हालसम्म यसबारे केहि बोलेकीभने छैनन्। यसबारे नबोले पनि सामको पोष्टमा लभ रीयाक्ट गरेकाले उनीहरुको ईगेजमेन्ट पुष्टि भएको छ। यो फोटो बाहिरीने बितिकै उनीहरुलाई बधाई तथा शुभकामना दिने प्रशंशकको ताँतीलागेको छ।

पूनम बेलाबेलामाविभिन्न काण्ड, भिडियो तथा अजिव हर्कतका कारण चर्चामा आईरहने गर्छिन्। पूनमले सन २०१३ मा फिल्म नशामार्फत आफ्नो फिल्मी करीअर सुरु गरेकी थिईन्। पुनम पछिल्लो समय आफ्नो उनै प्रेमीसँग लक डाउनको बेला घुम्न गएको र लक डाउनको नियम उल्लघन गरेको कारण विवादमा आएकी थिईन्।

प्रतिक्रिया दिनुहोस्