आयो भेडा भर्सेस कोइली



तीज नजिकिँदै गर्दा कोरोनाको प्रभावबीच पनि तीजसम्बन्धी गीत–संगीतको ओइरो लागेको छ।
यसै बीच भेडा भर्सेस कोइली बोलको तीज गीत भिडियोसहित सार्वजनिक भएको छ। नेत्र भण्डारी र ज्योति मगरको स्वर रहेको गीतमा शब्द र संगीत भने करण न्यौपानेको रहेको छ।

तीज ब्याटल–२०७७नामक एल्बममा समावेश गीतले संस्कृति बचाऔं भन्ने सन्देश दिएको छ। गीतको भिडियोमा नायक तथा कुशल नृत्य कलाकार यशराज गरचका साथमा गायिका ज्योति मगर, नरेशवीर सिंह, जेम्स बीसी, निरज एलसी, पुजन घिमिरे, अनिताथापा, रुविना अधिकारी लगातयले अभिनय गरेका छन्।

गीतको म्युजिक भिडियो अशोक बिकेले निर्देशन गरेका छन्। कोरियोग्राफी पनि उनकै रहेको छ। म्युजिक भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् भने सम्पादन रविन विकले गरेका छन्। बिन्ध्यवासिनी म्युजिक प्रालिले उत्पादन र वितरण गरेको गीत तथा भिडियोको निर्माता सुवास रेग्मी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्