कर्मचारीलाई तलव दिन लिएको ऋणले महँगो कार किनियो



न्युयोर्क, (एजेन्सी)

अमेरिकाको साउथ फ्लोरिडाका डेविड टि. हिनेस नामक एक व्यक्तिले संघिय सरकारसंग लिएको कोभिड १९ राहत ऋणबाट अत्यन्तै महँगो र दामी लाम्वोर्गिनी ह्युराकन एभो कार किनेका छन् । उनले साउथ फ्लोरिडाका कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेकोबेला कर्मचरीलाई तलब ख्वाउन भनेर चालिस लाख अमेरिकी डलर ऋण लिएको सरकारी अधिकारीहरले पुष्टि गरेका छन् ।

साना व्यापार प्रशासन ऋण कार्यक्र अन्तगर्त लिइएको सो रकम कर्मचारीहरुको स्वास्थ रक्षार्थ वा अन्य वैधानिक शिर्षक जस्तै कोरोना भाइरस महामारीकोबेला भाडा तिर्नका लागि खर्च गरिनु पर्दथ्यो ।

हिनेसले गत मे महिनामा आफ्नो निजी प्रयोजनका लागि ३ लाख १८ हजार ४ सय ९७ डलर मूल्यको इटालीमा बनेको सो स्पोर्टस कार किनेका थिए । गत शुक्रवार पक्राउ परेका हिनेसले हजारौं डलर डेटिंग ववेसाइट , गरगहना , महंगा लुगाफाटामा पनि खर्च गरेका थिए ।

साथै उनले मायामि बिचका फोन्टेनब्लिउ र सेटाइ जस्ता शानदार होटेलमा रात बिताए पनि ऋणको पैसा उडाएका थिए । गत मार्चमा अमेरिकामा कोरोना संक्रमण देखिन थालेपछि कंग्रेसले स्याहार कानुन अन्तर्गत झण्डै ६ सय ५० अर्व डलर कर्मचारी तलव रक्षा कार्यक्रम अनुमोदित गरेको थियो ।

गत सोमवार हिनसे जालसाजी लगायतका अन्य अभियोगहरुको सुनुवाइका लागि मायामी सघिय अदालतमा उपस्थित भएका थिए ।

उनी विरुद्ध ११ जुलाईमा आफ्नो कारले कसैलाई ठक्कर दिएर भागेको अभियोग पनि लगाइउको मियामी प्रहरीले जनाएको छ । गत साता देखि हरिासमा राखिएका २९ वर्षिय हिनेसलाई १ लाख अमेरिकी डलर जमानतमा आफ्नी आमाको घरमा रहने अनुमति अदालतले दिएको छ ।

उनको मुद्धाको अर्को सुनवाई आगामी १४ अक्टावरमा हुने भएको छ । उनले आफुले लिएको ऋण कम्तिमा सत्तरी जना कर्मचारीलाई मासिक तलब दिन प्रयोगन गर्ने वाचा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्