अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाकार ब्रायन कोरोना संक्रमित



वासिंगटन (एजेन्सी)

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायन कोरोना भाइरस संक्रमित पाइएकोे छ । उनलाई संक्रमणको सामान्य लक्षण देखिएको ह्वाइट हाउसले जनाएको छ ।यस संक्रमणको चपेटामा आउने उनी अहिलेसम्मको सबैभन्दा वरिष्ठ अधिकारी हुन् । ब्रायन अहिले आइसोलेसनमा रहेको र सुरक्षित स्थानबाट काम गरिरहेको ह्वाइट हाउसले जनाएको छ ।

यसले राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई संक्रमणमा आउने खतरा नभएको बताइएको छ । राष्ट्रिय सुरक्षा परिषदको काम विना रोकटोक चलिरहेको ह्वाइट हाउसले जनाएको छ । अमेरिकामा अहिलेसम्म ४१ लाख ३० भन्दा बढी नागरिक संक्रमित भइसकेको छ भने १ लाख ४६ हजार भन्दा धरैको मृत्यु पनि भइसकेको छ ।

राष्ट्रिय सुरक्षा एजेन्सी प्रशासन र उनका वरीपरीका केही ब्यक्ती पनि संक्रमित भएका छन् । यसमा ह्वाइट हाउसका कार्यरत एक सैन्य सदस्य, पेन्सका प्रेस सचिव केटीमिलर र स्क्वाड्रन मरिन भाइरसको चेपेटामा आएका छन् ।यसबीच अमेरिकामा विश्वकै सबैभन्दा ठुलो कोविड १९ खोप अध्ययन शुरु भएको छ ।

यसमा ३० हजारले मोडर्ना इन्कले विकास गरेको खोप लिएका छन् । यो खोप कोरोना भाइरससँग लड्ने दौडमा अन्तिम चरणमा पुगेका केही प्रतिस्पर्धी मध्यको एक हो । नेसनल इन्स्टिच्युट अफ हेल्थ र मोडर्ना इन्कले बनाएको प्ररीक्षणको चरणमा रहेको खोपले भाइरसबाट बच्न सक्छ, त्यसको कुनै ग्यारेन्टी छैन । त्यसैले यो परीक्षण शोध भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्