आदिवासीको अपमान गरेको भन्दै ८ भैँसी र ८ घडियाल जरिवाना



क्वालालम्पुर (एजेन्सी)

पाकिस्तानका एक नागरिकमाथि मलेसियाका एक मुल आदिवासीको अपमान गरेकोमा ८ भैंसी र ८ घडियाल दिनु पर्ने जरिवाना लगाएको छ । मलेसियाको बोर्नियोको एक अदालतले उक्त सजायं सुनाएको हो । हिन्द महासागर स्थिति बोर्नियो द्विप कलेइडोस्कोप आदिवासिहरुको घर हो । यहाँको परम्परा तथा रीति रिवाजसँग सम्बन्धित विवाद सल्टाउनका लागि मलेसियाले विशेष अदालत गठन गरेको हो।

पाकिस्तानी नागरिक आमिर अली खान नवातयलाई सबह राज्यको उक्त विशेष अदालतले ८ भैँसी दिनु पर्ने अनौथो जरिवाना लगाएको हो । आमिर स्थानिय विरुद्ध गत मे र जुन महिनामा अपमानजनक टिप्पणी गरेको आरोपमा दोषी पाइएको थियो । पाकिस्तानका ५० बर्षिय ब्यापारी आमिर अलीको अपमानजनक बयानको रिकर्ड सामाजिक सन्जालमा भाइरल भएको कोटा मरुदु जिलाका प्रमुख बेनटिन अदुनले बताए ।

स्थानिय जनता यस घटनालाई लिएर अत्यन्त क्रोधित रहेको अदुनले बताए । उनले भने ( हामी यसलाई उदाहरण बनाउन चाहन्थे ताकी अन्य कुनै ब्यक्ती यसतो काम नगरुन । म समाजसँग अपिल गर्न चाहन्छु कि यदि कुन असमझदारी वा विवाद छ भने यसमा कुनै ब्यक्ती वा नस्लको जिकिर नगर्नु होला, अदुनले बताए । तर पाकिस्तानी ब्यापारीले वास्तवमा के बोलेको थियो भन्ने विषयमा उनले केही बताएन ।

ती पाकिस्तानी ब्यापारी मलेसियका स्थायी निवासी हुन् । आमिरलाई जरिवाना तिर्न एक महिनाको समय दिइएको छ । यदि जरिवाना तिर्न उनी असफल भए भने उमाथि ९ सय ४० डलर जरिवाना वा १६ महिलनको जेल वा दुबै हुन सक्छ । सबहका आदिवासी समुदायका लागि भैँसी र घडियाल गोही दुबै अत्यन्त मुल्यवान मानिन्छ । यसलाई जरिवानाका रुपमा तिराउने वा दाइजोका रुपमा दिइने गर्छ । बोर्नियो द्विप मलेसिया, इन्डोनेसिया र ब्रुनाइबीच विभाजित टापु हो ।

प्रतिक्रिया दिनुहोस्