हलिउडबाट शाही महल पुगेकी मेगनको अमेरिकी राष्ट्रपति बन्ने सपना



लन्डन (एजेन्सी) ।

करिब दुई बर्ष अघि बेलायतका राजकुमार ह्यारीले अमेरिकी अभिनेत्री मेगन मार्कलसँग विवाह गरेका थिए । उक्त विवाहलाई लिएर विश्वकै ध्यान यस शाही दम्पतीमाथि परेको थियो ।

मेगन मार्कल एक चर्चित अभिनेत्री हुनुका सार्थ सामाजिक मुद्दामा पनि स्पष्ट राय राख्ने ब्यक्तित्वका रुपमा चिनिन्छ । शाही परिवारमा विवाह भएपछि भने मार्कललाई अब डचेस अफ ससेक्स भएर सन्तुलित विचार राख्नु पर्ने भएको छ ।

यद्यपी दुई बर्ष भित्रै मार्कल र राजकुमार ह्यारी आफना छोरा आर्चीसँग शाही महल र बेलायत छोडेर अमेरिकामा बस्न आए । यो दुई बर्षमा भएका घटना र त्यहो भन्दा अघि र्माकललाई चिन्नेहरु उनको लक्ष्य वास्तवमा अमेरिकी राष्ट्रपति पदमा रहेको दावी पनि गरिरहेका छन् ।
सन् २०१८ मेमा ह्यारीको विवाह कुनै शाही परिवारमा नभएर एक आम महिलासँग हुँदा सबैले यसलाई अचम्म मानिरहेको थियो । ह्यारी मार्कलको यो विवाहलाई परिकथासँग पनि जोडिएको देखियो । अमेरिकाको जीवनशैलीलाई छोडेर मार्कल कसर शाही तौर तरिकाका साथ कसरी जिन्दगी बिताउन सक्छ भन्ने विषयमा पनि धेरैले अडकल लगाउन शुरु गरे । वास्तव मै मार्कलका लागि शाही जीवन शैली सहज हुन सकेन ।

शाही परिवार सदस्यसँग मनमुटाव

विस्तारै वकिंगम प्यालेसबाट मनमुटावका खबर बाहिर आउन थाले । मार्कलको कहिले महारानीसँग त कहिले राजकुमार विलियमकी पत्नी केट मिडल्टनबीचको टकरावका समाचार बाहिर आए । कुनै बेला त ह्यारी र मार्कलबीच सम्बन्ध विच्छेड हुन लागेको समाचारले पनि चर्चा पायो ।

हालै मात्र फाइन्डिग फ्रिडम नामको किताबमा शाही संवाददाता ओमिड स्कोबी र क्यारेलिनले राजकुमार विलियमले आफना भाइलाई मार्कलसँगको सम्बन्धमा विस्तारै अगाडी बढ्नु पर्ने सुझाव दिएर चिढाएको लेखेकाछन् । उनलाई आफना भाई ह्यारी मार्कलको प्रेममा अन्धो भएकोमा डर लागेको थियो ।

राजनितिक मुद्दामा प्रष्टवक्ता

अमेरिकामा रहँदै मार्कक आफ्नो निडरताका लागि चर्चित थिइन् । उनी सामाजिक मुद्दामा खुलेरै आफ्नो राय राख्थिन् । सन् २०१६ मा जब डोनाल्ड ट्रम्प राष्ट्रपति पदका लागि चुनाव लडिरहेका थिए, त्यतिबेला सार्वजनिक रुपमा ट्रम्पको विरोध गर्दै उनलाई समाज भाड्ने र महिला विरोधी बताएकी थिइन् । मार्कल संयुक्त राष्ट्रका लागि महिलाहरुको राजनितिमा सहभागिता तथा नेतृत्वका लागि प्रतिनिधि पनि भइसकेकी छिन् । यस क्रममा उनी पुरै विश्वमा घुमेर आप्mनो समुदायमा परिवर्तन ल्याइरहेका शरणार्थी महिलाहरुसँग भेटेकी थिइन् ।

यसैबर्षको शुरुवाटमा राजकुमार ह्यारी र मार्कलले आफनो शाही दायित्व छोड्ने फैसला लिए र अमेरिकामा गएर बसे । त्यसपछि उनले अमेरिकाको राजनितिमा फेरी एक पटक चासो लिएको देखियो । मार्गनले नस्लवाद विरुद्ध ब्ल्याक लाइव्स म्याटरको मुद्दा ग्य्रेजुएट स्टुडेन्टसबीच अनलाईन स्पिचका क्रममा उठाइन् ।

मार्गन यो आन्दोलनलाई अगाडी बढाउन चाहेको डेली मेलको एक समाचारमा उल्लेख गरेको छ । उनको विचारमा अमेरिकामा संस्थागत नस्लभेद विरुद्ध लडाई लड्नु पर्छ र त्यसैका लागि आफुले बेलायत छोडेर आएकी हुन् । उनले जलवायु परिवर्तनलाई लिएर पनि चिन्ता तथा मुद्दा उठाउँदै आइरहेकी छन् ।

मेगन एन्ड ह्यारी : द रियल स्टोरी नामको बायोग्राफी लेख्ने महिला कलिन क्याम्पवेलले मार्गल राजनितिमा उत्रन चाहेको र एक दिन राष्ट्रपति बन्न चाहेको बताएकी छन् । मार्कलले शाही महल छोड्नु र क्यालिफोर्नियामा आएर बस्नु यसै योजनाको हिस्सा हो । त्यसैगरी टेलिभिजन र रेडियो स्टार बेवली टर्नरले पनि मार्कल भविष्यमा राष्ट्रपति पदका लागि उभिन सक्ने दावी गरेकी छन् ।

शाही महल छोडेपछिको आफ्नो पहिलो भाषणमा मेगन मार्कलले सत्तामा बसेकाहरु माथि निशाना बनाउँदै उनीहरु जनतामा निर्भर रहेको बताएकी थिइन् । उनले कमनवेल्थको इतिहासको पनि आलोचना गरेकी थिइन् ।

यद्यपी अहिलै अवस्थामा मेगन मार्कल राष्ट्रपति पदका लागि उठ्न सक्दैन । मार्कलको नामसँग अहिले पनि बेलायतको टाइटल डचेस अफ ससेक्स झुन्डिएको छ । यसलाई नछोडेसम्म उनी आफनो मनले चाहेको काम गर्न पाउने छैन ।

अमेरिकाको संविधानमा अमेरिका कसैलाई शाही पद दिँदैन । लाभको पदमा रहेकाले बिना कांग्रेसकोे अनुमति कुनै राजा, राजकुमार वा विदेशबाट यस प्रकारको टाइटल लिन पाउँदैन ।

प्रतिक्रिया दिनुहोस्