हलिउड अभिनेत्री ओलिवियाको एक सय चार वर्षको उमेरमा निधन



Hollywood actress Olivia de Havilland. (Photo: instagram@oliviadehavilland_centenarian)

हलिउडकी ख्यातिप्राप्त अभिनेत्री ओलिविया डी हेभिल्यान्ड १ सय ४ वर्षको उमेरमा निधन भएको छ।
दुई ओस्कार एकेडेमी अवार्ड विजेतासमेत रहेकी अभिनेत्रीको निधनको खबरको पुष्टि उनको प्रचारक लिजा गोल्वर्गले गरेको एजेन्सीले जनाएको छ।

लिजाका अनुसार ओलिवियाले आइतबार साँझ पेरिसस्थित आफ्नो घरमा अन्तिम श्वास लिएकी थिइन्। उनी सन् १९३९ मा रिलिज भएको फिल्म गन विथ द विन्डो नामक फिल्ममा निर्वाह गरेको भँमिकाका लागि थु्प्रै दर्शकको माया बटुल्न सफल भएकी थिइन्। उनी सो फिल्ममा अभिनय गर्ने अन्तिम जीवित कलाकार थिइन्।

उनी आफ्नो ६ दशकको फिल्मी करिअरमा अलग–अलग अभिनयका कारण दर्शकको मनमा बस्न सफल थिइन् भने स्टुडियो युगकी अन्तिम शिर्ष कलाकारमा पर्थिन्। ओलिवियाले सन् १९४६ मा फिल्म टु इच हिज ओन र सन् १९४९ मा फिल्म द एरसमा निर्वाह गरेको भँमिकाका लागि ओस्कार अवार्ड चुमेकी थिइन्। उनले पहिलो विवाह लेखक मर्कस गुडरिच तथा दोस्रो विवाह पत्रकार पिएरे गालान्टेका साथ गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्