तीजलाई बजाउँदै चुरा



नेपाली हिन्दु महिलाको महान् पर्व तीज नजिकिँदै जाँदा तीजसम्बन्धी गीतहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा गत तीन वर्षदेखि लगातार तीजका गीत स्रोता/दर्शकमाझ तीज पस्किँदै आएकी सञ्चारकर्मी गीता अधिकारीले बजाउँदै चुरा बोलको तीज गीत सार्वजनिक गरेकी छिन्।

सारिका घिमिरेद्वारा स्वरबद्ध बजाउँदै चुरामा योगेश काजीको संगीत र एरेन्जमेन्ट रहेको छ। यसको लिरिकल भिडियो पनि सार्वजनिक गरिएको छ। जसलाई विक्रमआदित्य शाहले सम्पादन गरेका छन्। गीता र सारिकाले यसभन्दा अघि यतै घमाइलो उतै घमाइलो बोलको सन्देशमूलक तीज गीत ल्याएका थिए भने गत वर्ष तीजैमा व्रत बसी सार्वजनिक गरेका थिए।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण गीतको भिडियो छायांकन गर्न असमर्थ भएका कारण लिरिकल भिडियो सार्वजनिक गरेको गीता र सारिकाले बताए।

यसभन्दा अघि सार्वजनिक गीत जस्तै बजाउँदै चुराले पनि सबैको माया र साथ पाउने अपेक्षा लिएको उनीहरूले बताए। गीतको भिडियो युट्युब च्यानल द ट्युनमार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्