रामन्दिरको विशेष कार्यक्रममा मोदीको सहभागिता रहने



नयाँदिल्ली,(एजेन्सी)

भारतका प्रधानमन्त्री नरेन्द« मोदीले आगामी महिना उत्तरी भारतको विवादास्पद क्षेत्रमा रहेको एउटा हिन्दु मन्दिर परिसरमा आयोजना हुने महत्वपूर्ण कार्यक्रममा सहभागि हुने भएका छन् ।

जुन स्थानमा सन् १९९२ मा हिन्दु कटरपन्थिहरुले सोह«ौं शताब्दिको बाबरी मस्जिद भत्काएका थिए । उक्त हिन्दु मन्दिर निर्माण कोषले ५ अगष्टमा सो कार्यक्रमको आयाजना हुन लागेको जनाएको छ ।

सो दिन ज्योतिष शास्त्र अनुसार शुभ रहेको तथा सोही दिन मुश्लिम बाहुल्य राज्य जम्मु काशिमरको अर्ध स्वायत्ततता मभारतिय सससदले रद्ध गरेको एक वर्ष पुग्ने बताइएको छ । रामको जनिभुमि रहेको विश्वास गरिएको त्यहाँ राम मन्दिर निर्माण भइरहेको हो ।

भारतिय जनता पार्टी ( विजेपि ) संग आवद्ध हिन्दु राष्ट्रवादी समुह विश्व हिन्दु परिषदका अनुसार कोरोना भाइरस महामारीको कारण कार्यक्रममा सहभागि तथा दर्शकको संखया सिमित गरिने र कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ ।

कार्यक्रम आयोजक समुहका प्रवक्ता विनोद वंशलले यस मन्दिरले सामाजिक सदभाव , राष्ट्रिय एकता र हिन्दुत्व वा हिन्दु जिवनशैलीको भावना र जागरणलाई एककिृत पाने काममा महत्वपूर्ण भुमिका निभाउने बताएका छन् ।

आम चुनावमा विजेपिको अत्यधक बहुमतले विजय भएपछि गत वर्ष एक शताब्दिदेखि विवादास्पद रहेको सो धार्मिक् स्थलको विवाद समाधान भएको थियो ।

गत नोभेम्वरमा सर्वोच्च अदालतले मन्दिर कोषको समर्थनमा निर्णय सुनाउादै मुश्लिमहरुलाइृ विकल्पको रुपमा मस्जिद बनाउन पाँच एकड जमिन प्रदान गरिने जनाएको थियो ।

वावरी मस्जिद भत्काएकै विवादमा सन् १९९२ मा भएको हिन्दु – मुश्लिम हिंसात्मक दंगामा करिव दुई हजार मानिसको ज्यान गएको थियो । मारिने मध्ये अधिकांश मुश्लिम रहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्