नव नाजी र रंगभेदी वस्तुहरु हटाइए



वासिंगटन,(एजेन्सी)

अमेजन, गुगल र विसले आफ्ना प्लेटफर्म मार्फत बिक्रि भइरहेका नव नाजी र गोरा – अहमवादी उतपादनहरु हटाएका छन् । विविसि क्लिकले अनुसन्धान गरेपछि यो कदम चालिएको हो । गोरा जाति समर्थित झण्डाहरु, नव नाजी पुस्तकहरु र कु क्लक्स क्लान वस्तुहरु बिक्रिमा राखिएका थिए ।

एल्गोरिथ्मस ( अमेजन र विसको समस्या समाधान गर्ने प्रक्रिया ) ले गारो जाति समर्थित अन्य सामानहरु पनि हटाउन सिफारिश गरेको छ । यि तीनैवटा अन्तर्राष्ट्रिय स्तरका कम्पनीले रंगभेदी उत्पादनहरु ऋाफ्ना प्लेटफर्मबाट हटाइएको जानकारी विविसिलाई दिएका छन् ।

गाली बेइज्जत विरुद्धको संस्था ( एडिएल ) का अधिकारी ओरेन सेगलले सबै कम्पनीले आफ्नो एल्गोरिथ्मको सुक्राव स्विकानुपर्ने तथा एल्गोरिथ्मलाई पनि जिम्मेवार बन्न सिकाइनु पर्ने बताएका छन् ।

नव नाजी सम्बन्धी सामानहरुबार ेक्रेताहरुले मिश्रित प्रतिक्रियाहरु दिने गरेका थिए । ति प्लेटफर्महरुमा सन् २०१९ मा क्रिस्टचर्चमा ५१ जना मानिसको गोली हानी हत्या गर्ने व्यक्तिले प्रयोग गरेका प्रतिकहरु प्नि बिक्रिमा राख्ने गरेका थिए । गुगलेल ति वस्तुहरुको बिक्रिका लागि कहिल्यै विज्ञापन गर्ने नगरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्