बिद्यार्थी बोकेको बस दुर्घटनाग्रस्त



हनोई,(एजेन्सी) ।
एउटा माध्यमिक विद्यालयका छात्र छात्रा बोकेको एउटा बस आइतवार भियतनाममा दुर्घटनाग्रस्त हुँदा तेंह«जना व्यक्तिको ज्यान गएको छ । बिद्याथीहरुको पुनर्मिलन कार्यक्रम तर्फ गइरहेको सो बस एउटा राजमार्ग घुम्तीमा पल्टिएको थियो ।
दाेंग होइ हाइस्कुलका करिव चालिस जना बिद्यार्थी सवार बस तिनीहरुको तिसौं दिक्षान्त समारोहमा सहभागि हुन मध्य क्वाँग बिन्ह प्रान्त तर्फ गइरहेको थियो ।
सरकारी संचार माध्यमका अनुसार अचानक एउटा घुम्तिमा ड्राइभरले बसमाथिको नियनत्रण गुमाएका थिए । टुओइ ट्रेइ अखवारका अनुसार यस दुर्घटनामा थुप्रै व्यक्ति घाइते भएको तथा मोडको भिरालोमा अचनाक ब्रेक फेल भएको जस्तो देखिएको जनाएको छ ।
विश्व स्वास्थ संगठन ( डब्ल्युएचओ ) ले भियतनममा सडक यात्रा निकै खतरनक भएको र १५ देखि २९ वर्ष उमेर समुहका मानिसहरु सबैभन्दा बढि यस्तो दुर्घटनामा मर्ने गरेको तथ्यांक प्कासित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्