अमेरिकी कुटनीतिज्ञहरुले चेंगडु नियोग छाडे



बेइजिंग,(एजेन्सी)

बहत्तर घन्टे म्याद पूरा भएपछि चिनिया शहर चेंगडु स्थित अमेरिका नियोगका कुटनीतिज्ञ कर्मचरीहरुले सोमवार नियोग छाडेका छन् ।

गत साता अमेरिकाको टेक्सास राज्यको ह्युस्टन स्थित चिनिया कुटनीतिक नियोग अमेरिकाले बन्द गराएको बदलामा चीनले पनि यस नियोग बन्द गर्न आदेश दिएको थियो । सोमवार समयसिमा नाघिन ैलाग्दा त्यहाँका कर्मचारीहरले भवन छाडेको , अमेरिकी झण्डा निकालिएको तथा तथा नेमप्लेट झिकिएको देखिएको थियो ।

चिनिया विदेश मन्त्रालयले कार्यालय छोड्न दिइएको समय सिमा नघेपछि चिनिया कर्मचारीहरु सो भवनमा प्रवेश गरेको जानकारी दिएका छन् । यसैबिच अमेरिकी विदेश विभागका प्रवक्ताले भनेका छन् , ‘ विगत पैंतिस वर्ष देखि निरनतर रुपमा यस नियोगले अमेरिका र तिव्वत लगायत पश्चिमी चीनका जनतासंगको सम्बन्ध समधुर राख्न महत्वपूर्ण भुमिका निभाउँदै आएको थियो । हामी चिनिया कम्युनिस्ट पार्टीको निर्णयबाट दुखित भएका छौं । हामी चीनका अन्य भागमा रहेका हाम्रा नियोग मार्फत यस महत्वपूर्ण क्षेत्रका जनतासंगको सम्पर्क र सम्बन्धलाई जारी राख्ने प्रयासमा लाग्नेछौं ।

अमेरिकी नियोग बन्द हुँदै गर्दा त्यहाँ जम्मा भएका स्थानिय जनताले चिनियाँ झण्डा हल्लाउँदै मोवाइलबाट सेल्फि खिंचेका थिए । चीनले यो नियोग चीन विरुद्ध जासुसीका लागि प्रयोग हुँदै आएको आरेप लगाएको थियो ।
यस नियोग बाहिर दर्जनौं चिनिया प्रहरी तैनाथ गरिएको छ भने त्यहाँ उपस्थित स्थानिय वासिन्दालाई त्यहाँबाट हट्न अनुरोध गरिएको छ । आणविक शक्ति सम्पन्न चीन र अमेरिकाबिच अन्य थुप्रै विषयमा पनि असहमित चुलिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले व्यापार र कोरोना भाइरस महामारीलाइ लिएर पटक पटक विवाद गरिसकेको छ । साथै ट्रम्प सरकारले हंगकंगमा चीनले केहि समय अघि लगाएको विवादास्पद नयाँ सुरक्षा कानुनको पनि विरोध गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्