इरानले अमेरिकी युद्धपोतको प्रतिकृति सागरमा उतारे



दुबई (एजेन्सी)

अमेरिकासँग जारी तनावका बीच इरानले अरब सागर स्थित हरमुज जलसन्धी इलाकामा अमेरिकी विमानवाहक युद्धपोत निमित्जको एक प्रतिकृति उतारेको छ । सोमबार जारी गरेको स्याटलाइट तस्विरमा इरान छिट्टै उक्त नक्कली विमानवाहक युद्धपोतको प्रयोग सैन्य अभ्यासमा गर्न सक्ने संकेत दिएको उल्लेख गरेको छ ।

मेक्सार टेक्नोलोजीको प्रयोग गरी लिइएको ती तस्विरमा इरानका एक तिब्र गतिको नौका विमानवाहक युद्धपोत तर्फ गइरहेको देखिएको छ ।उक्त जहाज पहिले नै इरानी बन्दरगाह शहर बन्दर अब्बासबाट समुद्रमा उतारिएको थियो । इरानको सरकारी सन्चार माध्यम र अधिकारीहरुले हरमुज जलसन्धिमा विमानवाहक युद्धपोतको एक प्रतिकृति उतारिएको कुनै पुष्टि गरेको छैन ।

इरानको अर्धसैनिक रिभोलुसनरी गार्ड सन् २०१५ मा नक्कली युद्धपोत डुबाउन गरिएको सैन्य अभ्यासलाई दोहोर्याउने तयारी गरिरहेको अनुमान गरिएको छ ।पश्चिम एसियामा समुद्री मार्गको निरिक्षण गर्ने बहराइन स्थित अमेरिकाको पाँचौ बेडाले पनि यस घटनामा कुनै टिप्पणी गरेको छैन ।

अमेरिकी नौसेनाको बहराइन स्थित पाँचौ बेडा यस इलाकाको गस्ती गर्छ । इरानको यो नक्कली एयरक्राफ्ट क्यारियर अमेरिकाको निमित्ज एयरक्राफ्ट क्यारियरको स्वरुपमा बनाइएको सुत्रले बताएको छ । निमित्ज एयरक्राफ्ट क्यारियर हालै मात्र हिन्द महासागर हुँदै त्यहाँ पुगेको र यसले युएसएस आइजनहावरको स्थान लिने बताइएको छ ।

इरानको यस शक्ति प्रदर्शन पछि अमेरिकी निमित्ज स्ट्रेट फ हरमुज भएर जान्छ वा जाँदैन भन्ने विषयमा स्पष्ट हुन सकेको छैन । यस इलाकामा तैनाथ रहेको युएसएस अब्राहम लिंकन कयौं महिनासम्म अरब सागरमा बिताएपछि स्ट्रेट अफ हरमुजबाट प्रस्थान गरेको थियो ।

यसबीच युएसएस आइजनहावर गत हप्ता नै हरमुजबाट प्रस्थान गरेको थियो । इरानको नक्कली विमानवाहक युद्धपोतमा १६ वटा नक्कली लडाकु विमान छन् । यो २ सय मिटर लामो र ५० मिटर फराकिलो छ । असली निमित्ज विमानवाहक युद्धपोत ३ सय मिटर लामो र ७५ मिटर चौडाइको छ ।

प्रतिक्रिया दिनुहोस्