ब्ल्याक लाइव्स मेटर प्रदर्शनमा एकको मृत्यु



सियाटल (एजेन्सी)

अमेरिकी शहर सियाटलमा प्रहरी र नस्लवाद विरोधी प्रदर्शन ब्ल्याक लाइव्स मेटरका समर्थकबीच भिडन्त हुँदा एकको मृत्यु भएको छ । शनिबार अमेरिकामा कयौं स्थानमा ब्ल्याक लाइव्स मेटर प्रदर्शन भएको थियो । सियाटलमा भएको भिडन्तका क्रममा प्रहरीले ग्रेनेड र पेपर स्प्रेका प्रयोग गरेको थियो भने प्रदर्शनकारीहरुले कयौं घरका शिशा तोडफोड र आगजनी गरेका थिए ।

टेक्ससको अस्टिन शहरमा ब्ल्याक लाइव्स मेटर प्रदर्शनका क्रममा एक ब्यक्तीको मृत्यु भएको बताइएको छ । अस्टिनमा प्रदर्शनका लागि जम्मा भएको ठाउँमा एक गाडी रुकेको र पछि भिड तर्फ बढेको एक प्रत्यक्षदर्शीले बताए । त्यसलाई रोक्न केही ब्यक्ती अगाडी बढेको जसमा मृतक पनि रहेको उनले एक स्थानिय अखबारलाई बताए ।

त्यहीबेला गाडी भित्रबाट अचानक गोली प्रहार भयो र त्यो मृतकलाई लागेको थियो । मृतकलाई घाइते अवस्थामा अस्पताल लगिएको र त्यहाँ केही समयपछि उनलाई मृत घोषित गरेको थियो । गोली प्रहार गर्ने संदिग्धलाई पक्राउ गरिसकेको छ र अस्टिनका प्रहरीेले सोधपुछ गरिरहेको छ । घटना भएको केही समयपछि जारी गरेको प्रेस विज्ञप्तीमा प्रहरी प्रवक्ताले मृतकको पहिचान खुलाएको छैन । तर आक्रमणकारीसँग एक राइफल रहेको उल्लेख गरिएको छ ।

मृतक युवककी आमाले पछि आफनो छोरा गेरेट फोस्टर भएको पहिचान गरेकी थिइन् । जुन बेला उनलाई गोली लागेको थियो त्यतिबेला उनी आफ्नी प्रमिकालाई ह्विलचेयरमा बसालेर हिँडिरहेका एबीसी कार्यक्रम गुड मर्निंग अमेरिकालाई उनले बताएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्