हट अवतारमा तीज गीत


नजिकिँदै गरेको हरितालिका तीजको अवसर पारेर मौलिक किसिमका तीज गीत बजारमा आइरहेका बेला रेस्लर गायिका अस्मिता जुरेलीले भने फरक किसिमको गीत बजारमा ल्याएकी छन्। मान्देउ न शिवजी बोलको गीतको भिडियोमा गायिका अस्मिता निकै हट अवतारमा प्रस्तुत भएकी छन्।

गीतमा शिवम् अधिकारीको शब्द र ओम सुनारको संगीत छ। यसको म्युजिक भिडियोमा अस्मिता जुरेली, दुर्गेश थापा, लोमोस शर्मा, अर्जुन गौतम, रविन हुड सेन, नरेशवीर सिंह, रमेश थापा, समीर खान, दिनेश कठायत, प्रेम खड्का, रविन प्ररब सेन, ध्रुव हिमाली, विश्व केसी, ईश्वरी नेपाली, द हिमालयन टाइगर र भगवती खड्का (युनिका) फिचर्ड छन्।

भिडियोमा नवराज उप्रेतीको छायांकन, समीर मियाको सम्पादन र रंग संयोजन तथा शिव विकको कोरियोग्राफी र निर्देशन छ। भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक भएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।