जावेदलाई कंगनाको प्रश्न घरमा बोलाएर किन धम्क्याएको?



बलिउड नायक सुशान्तसिंह राजपुतको निधनपछि बलिउड फिल्म इन्डस्ट्रीमा नेपोटिज्म (परिवाद) लाई लिएर ठूलो बहस छेडिएको छ। त्यसपश्चातु बलिउडका थुप्रै स्टारले आफूमाथि भएका व्यवहारका सम्बन्धमा खुलेर सामाजिक सञ्जालमा सेयर गरेका छन्।

सुशान्तको निधनबाट नायिका कंगना राणावत धेरै नै आहत भइन्। उनले बलिउडका विरुद्ध मोर्चा नै खोलिदिएकी छिन्। उनी खुलारूपमा नेपोटिज्मका विरुद्ध बोलिरहेकी छिन् र अरूलाई पनि यसै गर्न आह्वान गरिरहेकी छिन्। उनको निशानामा परेका बलिउडकर्मीको सूची लामै भइसकेको छ। यसैबीच कंगनाले गीतकार जावेद अख्तर र उनको परिवारतिर निशाना साँधेकोे दैनिक जागरणले जनाएको छ।

बलिउडमा प्रसिद्ध गीतकार जावेद अख्तरले हालै इन्डिया टुडेसँग कुराकानी गरेका छन्। जसमा जावेदका साथ उनको छोरा फरहान अख्तर र छोरी जेया अख्तर पनि सामेल थिए। उनको परिवारले त्यस क्रममा नेपोटिज्मको सम्बन्धमा कुराकानी गरेका थिए। उनीहरूको भनाइमा नेपोटिज्म हर इन्डस्ट्रीमा छ। जावेद अख्तरले भनेका छन्– ‘कि यदि तपाईंसँग पैसा छ र त्यो पैसा आफ्नो छोराका लागि खर्च गर्न चाहनुहुन्छ भने यसमा के गल्ती छ?

यसलाई गलत भन्न सकिन्न।’ प्रत्यक्षरूपमा गरिएको कुराकानीमा जोया र फरहानले पनि नेपोटिज्मका बारेमा कुराकानी गरेका छन्। यस शोको प्रोमो हेरेपछि कंगनाले पूरै अख्तर परिवारलाई फेरि एकपटक निशाना बनाएको समाचारमा उल्लेख छ। कंगनाले त्यो प्रोमो रिट्विट गर्दै सवाल गरेकी छिन्– ‘एक्ट्रेसलाई घर बोलाएर किन धम्क्याइएको थियो?’, कंगनाको टिमले ट्विटमा लेखिएको छ– ‘प्रिय अख्तर, कंगना रणावत, तोरी अमर दीप रणावत, जो कि मनालीका हुन्, उनीहरूले कहिले तपाईंसँग मद्दत अथवा फेभर मागे?

तपाईंसँग जे पनि छ, बस् तपाईंको सन्तालाई दिनोस्। तपाईंले के सुन्नुभयो– बाँच र बाँच्न देऊ। तपाईंले अरू कसैको छोरीको नराम्रो गरेर के पाउनुभयो? जबकि तपाईं आफ्नै छोरीलाई यति माया गर्नुहुन्छ। तपाईंले कंगनालाई आफ्नो घर बोलाएर धम्क्याउनुभयो? जवाफ दिनुस्।’ यो ट्विट सामाजिक सञ्जालमा भाइरल भएको छ। यसमा उनका फ्यानले प्रतिक्रिया दिइरहेका छन् र जावेद अख्तरबारे सवाल उठाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्