युद्धको तयारीमा चीन, दक्षिण चीन सागरमा आक्रामक सैन्य अभ्यास



बेइजिंग (एजेन्सी)

चीन र अमेरिकाबीच दक्षिण चीन सागरमा बढ्दो तनावबीच चिनियाँ पिपल्स लिबरेसन आर्मीले शनिबार देखि उक्त जल क्षेत्रमा सैन्य अभ्यास थालेको छ । दक्षिण चीन सागरमाथिको सम्प्रभुतालाई लिएर अमेरिकाको उत्तेजना फैलाउने कार्य भइरहेकोले चीनले उक्त अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ ।

ग्वांगदोंग प्रान्तको लझु क्षेत्रमा शक्तिशाली हतियार सहित सैन्य अभ्यास भइरहेको छ । यस अभ्यासमा पीएलए को वायु सेना, जंगी जहाजले सैन्य जहाजभेदी र सैन्य विवानभेदी अभ्यास गरेको बताइएको छ । चिनियाँ सैन्य विज्ञहरुले यस अभ्यासमा नौसेना र रकेट फोर्सले पनि संयुक्त अभ्यास गर्न सक्ने बताएका छन् । साथै चीनको एन्टी एअरक्राफ्ट क्यारियर ब्यालिस्टिक क्षेप्यास्त्र पनि समावेश हुन सक्छ । यो सैन्य अभ्यास दुई चरणमा भइरहेको छ र अगस्ट २ सम्म चल्ने बताइएको छ ।

हवाई सेनाको लाइव फायर ड्रिल सामान्य तवरमा सैन्य विमान र जमिनका जहाजहरुमा प्रहार गरिने चिनियाँ सैन्य विज्ञ सांग झांगपांगले बताए । यसबाट आकासमा शक्ति हासिल गर्न सकिने र दक्षिण चीन सागरमा शत्रुको जहाजहरुलाई निशाना बनाउने अभ्यास हुन्छ । रकेट फोर्सको एन्टिसिप अभ्यासमा ब्यालिस्टिक क्षेप्यास्त्र ठुला जहाजको निशाना बनाउन सक्छ र एन्टी सिप क्रुज क्षेप्यास्त्रले पनि ३ देखि ४ सय किलोमिटर दुरीसम्मको निशानामा हमला गर्न सक्छ ।

अमेरिकी सेना दक्षिण चीन सागरमा सैन्य बेडा तथा विमानवाहक युद्धपोतको अभ्या गर्ने क्रममा घुसपैठ गरिरहेकोले पीएलएले यो आक्रामक सैन्य अभ्यास गरेको ग्लोबल टाइम्सले जनाएको छ । यसले दुशै देशका सेनाबीच टकरावको स्थिति आउन सक्ने आशंका बढाएको विज्ञहरुको भनाइलाई उदृत गर्दै अखबारले जनाएको छ । यसबी अमेरिका लगातार दक्षिण चीन सागरमा चीनका गतिविधिहरुले क्षेत्रिय स्थिरता तथा शान्तिका खतरा पुर्याइरहेको आरोप लगाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्