वाइन चाख्दा उल्टै पैसा पाइने



लन्डन,(एजेन्सी)

वेलायतको उच्चकोटिको अगार्निक समर वाइन वितरकले तीन सय अमेरिकी डलरभन्दा बढी पैसा सदने वाइन चाख्ने व्यक्तिको माग गरेको छ । अर्गानिक वाइन उत्पादनमा अग्रणी स्थान हासिल गरेका भिन्टेज रुट्सले छनोट गरिएका निपुण वाइन पारखीको घरमा चाख्नका लागि विभिन्न समर वाइनका बोटल पठाइने र उनले ति पेयमाथि गरेको मुल्यांकनलाई आफ्नो वेवसाइटमा राख्ने बताएको छ ।

कम्पनीले इच्छुक उम्मेदवारलाई एक गिलास वाइन पिउँदै गरेको आफ्नो एउटा तस्वीर र ह्यासट्याग समरवाइनटेस्टर ह्यासट्याग कमवाइनविथमि सहित कम्पनीलाई ट्याग गर्दै कम्पनीको फेसबुक , इन्स्टाग्राम र ट्विटर पेज फलो गर्न अनुरोध गरेको छ ।

साथै कम्पनीले ३१ अगष्ट सम्म उम्मेदवारी दिन सकनिे तथा विजयी आवेदकको नाम ७ सेप्टेम्वरमा घोषित गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्